शो बिजको सवैभन्दा उच्चकोटी क्षेत्र फिल्म नगरीमा क्रिएसनको कमी भयो भने उसको अवसानको दिन छिट्टै आउँछ र यो निश्चित पनि हो । प्रसङ्गको फिल्म भेटीको, निर्देशक किशोर चौधरीको अगामी भबिष्य कस्तो हुने हो त्यो केहि समय पछि थाहा हुन्छ । तर यहि तरिकाले अघि बढेमा उनको फिल्मी करिअर त्यति सहज छैन । किनकी उनीमा क्रियशनको कमी भएको स्वत यो पोष्टरले देखाउँछ ।
सँगैको पोष्टरको दायाँ भागमा रहेकी अभिनेत्री रागिनी खड्गीको छातिमा नागरिक दैनिकको अफिसियल लोगो छ जुन तस्बिरलाई निर्देशक चौधरीले आफ्ना प्रचार सामाग्रीमा सस्तो तरिकाले प्रयोग गरेका छन् । कपि राईटको कानुन नेपालमा भए पनि यो प्रभावकारी ढङ्गले लागु हुन सकेको छैन त्यसैले पनि गुगल सर्च गर्दा पाईएका तस्बिरहरुलाई विभिन्न प्रोमोशनल गतिविधिमा यस्तै तरिकाले प्रयोग गरिएको थ्रुपै तस्बिरहरु देख्न सकिन्छ जसको पछिल्लो श्रृङखालामा भेटी थपिएको हो ।
फिल्मको प्रचार सामाग्री अर्न्तगतको पोष्टर जस्तो संवेदनशिल बिषयमा भेटी टिमले अन्य ब्यक्तिद्धारा खिचिएको तस्बिरलाई विना स्विकृत प्रयोग गर्नु आँफैमा गलत त छँदैछ तर प्रष्टगरी देखिएको वाटर मार्क ट्यागलाई पनि नमेट्दै यसरी पोष्टर तयार गर्नुले क्रियशनको कन्त विजोग भएको स्वतः प्रष्टीन्छ । पोष्टरमा प्रयोग गरिएको रागिनीको तस्बिर प्लान फिल्मको प्रेसमिटको समयमा नागरिक दैनिकका पत्रकार सन्तोष रिमालको कन्सेप्टमा खिचिएको हो जसलाई भेटी युनिटले आफ्नो अफिसियल तस्बिर जसरी पब्लीसिटी सामग्रीमा प्रयोग गरेको छ । वाटर मार्क सहितको यो डिजाईनको पोष्टर राजधानीका गल्ली गल्लीमा हिजो बिहिबार देखि टाँसिएका छन् ।