
नेपाली कथामा हनी हन्टर र क्याराभान जस्तो चर्चित बृत्तचित्र निर्देशन गरेका एरिक भ्यालीले पुन: नेपाली कथामा अर्को बृत्तचित्र बनाएका छन् । हिमाली भेगमा पाईने लोपन्मुख बनस्पती यार्सागुम्बाको बिषयमा भ्यालीले 'हिमालयन गोल्ड रस' नामक बृत्तचित्र बनाएका हुन् ।
बिगत ३० बर्ष देखि नेपालको हावापानीसँग घुममिल गरिरहेका यि फ्रान्सेली निर्देशकले करिब ५ महिनाको रिसर्च पश्चात ४२ दिन नेपाल र १० दिन हङकङमा सुटिङ गरेर यो बृत्तचित्र तयार पारेका हुन् । शुक्रबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरि भ्यालीले हिमाली क्षेत्रका एक परिवारले यार्सागुम्बा खोज्न गएको बिषयमा बृत्तचित्र बनाएको बताए । उनले यो बृत्तचित्रका लागि एक लाख ५० हजार अमेरिकी डलर खर्चेको समेत बताए ।
नेपालीहरूको राम्रो साथ र सहयोगले आफूले राम्रो बृत्तचित्र तयार पारेको भ्यालीले पत्रकार सामु बताए । नेपाली भाष समेत राम्रोसँग बोल्न जान्ने भ्यालीले नेपालको हावापानी, कलासंस्कृती तथा नेपालीहरू निकै मन पर्ने भएकाले पनि लामो समय नेपाल बस्न सकेको बताए । अर्को बर्ष दुई फिल्मको निर्देशन गर्ने तयारीमा रहेका एरिकले यो बृत्तचित्रलाई यहि जनवरी महिनाको ११ तारिख देखि व्यवसायिक रूपमा नेपालमा रिलिज गर्ने बताए । फिल्म रिलिजका लागि क्यूएफएक्स सिनेमाजले सहयोग गर्ने भएको छ ।
क्यूएफएक्स सिनेमाजका सञ्चालक नकिम उद्दिनले आफूले 'हिमालयन गोल्ड रस' हेरिसकेको र निकै राम्रो बनेको बताउँदै आफ्नो तर्फबाट यो बृत्तचित्रलाई सहयोग गर्ने बताए । एरिकले यो बृत्तचित्र प्रदर्शन पश्चात उठेको रकम सुटिङ गरिएको जिल्ला डोल्पामा नै खर्चिने भएकाले नकिमले पनि हलको तर्फबाट केहि डोल्पा बासीलाई केहि सहयोग गर्ने बताए । यता डिजिटल सिनेमा नेपालमा महाप्रबन्धक अशोक शर्माले नेपालमा रहेर नेपाली कथामा बृत्तचित्र बनाएला एरिकलाई सम्मान गर्नुपर्ने बताउँदै 'हिमालयन गोल्ड रस' नयाँ फिल्ममेकरहरूका लागि प्रेरणा हुनसक्ने धारणा राखे ।