मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई भोजपुरी फिल्ममा एकसाथ सेञ्चुरी

रेम बिक, पोखरा, 2012/11/02

नेपाली फिल्म उद्योगमा नायक निर्मल सेञ्चुरीको प्रवेश भएको खासै धेरै भएको छैन । नेपाली फिल्म ‘आई लभ यु टु’ को निर्माण गरेर नायकको रुपमा डेब्यु गरेका नायक सेञ्चुरीले कम समयमै धमाधम फिल्महरु पाईरहेका छन् । डेब्यु फिल्म प्रदर्शनको क्रममा रहेकै बेलामा केहि समय अगाडी यी नवनायक सेञ्चुरीले अभिनय गरेको फिल्म ‘बर्षात’ र ‘नाईट क्विन’ प्रदर्शनमा आईसकेको छ ।

सेञ्चुरीले अभिनय गरेर प्रदर्शनमा आएको यी दुवै फिल्मले खासै व्यापार गर्न नसके पनि उनले फिल्म उद्योगमा दिनानुदिन फड्को भने मारिरहेका छन् । केहि फिल्महरु प्रदर्शनको क्रममा रहेकै बेला बागलुङ स्थायी घर भएका यी नायकले यतिबेला एकैचोटी दुई वटा भोजपुरी फिल्ममा नायकको रुपमा अभिनय गरिरहेका छन् । सुटिङ भैरहेका दुई भोजपुरी फिल्म ‘प्रतिसोध नारीको’ र ‘चण्डी’ मा एकै पटक नायकको रुपमा देखिएका यी नायकको अपोजिटमा भोजपुरी फिल्म उद्योगकी नम्बर वान नायिका रानी चटर्जी देखिदै छिन् ।

हाल नेपालका विभिन्न स्थानमा एकसाथ सुटिङ भैरहेको भोजपुरी फिल्महरुको निर्देशन सानु शाक्य र मनोज नारायणले संयुक्त रुपमा गरिरहेका छन् । मनोज नारायणले निर्माण गरेको दुवै फिल्महरु विशेष गरि नारी प्रधान रहेको निर्माण टोलीले जनाएको छ । ‘दुवै भोजपुरी फिल्ममा एक साथ काम गर्न पाउँदा मलाई निकै अचम्म संगै खुशि पनि लागेको छ',  नायक निर्मल सेञ्चुरीले भने- ‘भोजपुरी भाषाको फिल्ममा बोल्नु पर्ने भाषा, भेषभुषा लगाएतले समेत निकै रोमाञ्चित बनाईरहेको छ ।’ भोजपुरी फिल्म उद्योगका नम्बर वान नायिका रानी चटर्जीसंग काम गर्दा कस्तो अनुभव भैरहेको छ त ? भन्ने प्रश्नमा निर्मलले भने–‘मलाई सहज नै भैरहेको छ, सुटिङको क्रममा उहाँले मलाई निकै सघाई रहनु भएको छ ।’



नेपाली फिल्मको तुलनामा भोजपुरी फिल्मको काम गर्ने शैली पनि फरक रहेको अनुभव सेञ्चुरीले सुनाए । ‘एउटै फिल्ममा १०/१५ वटा गीतहरु समावेश हुने रहेछ', निर्मलले भने–‘जुन नेपाली फिल्मको तुलनामा धेरै हो ।’ एकसाथ सुटिङ भैरहेको दुवै फिल्ममा राखिएको आईटम गीतमा नेपालका नायिकाहरु प्रिया रिजाल र दिपा थापाले नृत्य गरेका छन् । दुवै फिल्ममा नायकको रुपमा आयुष रिजालको समेत अभिनय रहने निर्माण पक्षले जानकारी गराएको छ ।  

ओम सत्य शक्ति महाशक्ति पिक्चर प्रालिको ब्यानरमा निर्माण भैरहेको दुवै फिल्ममा बसन्त श्रेष्ठ र कविराज गहतराजको कोरियोग्राफि रहेको छ । संजय लामाको सिनेमाटोग्राफिमा बनिरहेको दुवै फिल्ममा रोशन श्रेष्ठले द्वन्द निर्देशन गरिरहेका छन् । निर्माण टोलीले दुवै फिल्मलाई एकैसाथ सकाउने लक्ष्य लिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार दुवै फिल्मको ईन्ड्क्ल्याप हुनका लागी तिहार पछि पनि करिब १५ दिन लाग्नेछ ।