मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(17 votes, avg 4.76/5.00)
Text size:-
+
-

मेरो जीवन साथीको अफिसियल पोस्टर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/11/01

आगामी मंसिर १५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'मेरो जीवन साथी' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मीखबर मार्फत सार्वजनिक गरिएको सो पोस्टरले सिम्पल लभ स्टोरी फिल्मको संकेत गरेको बुझ्न सकिन्छ ।

 

दिवाकर भट्टराईको डेब्यू निर्देशन रहेको रोमान्टिक प्रेमकथामा आधारित फिल्म मेरो जीवन साथीमा मल्टिस्टार राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, शुष्मा कार्की, रागिनी खड्गीको साथमा नयाँ प्रस्तुतीको रूपमा शिबन पोखरेलको मुख्य अभिनय रहेको छ । यमन म्युजिकको व्यानरमा सूर्य कार्कीले निर्माण गरेको यो फिल्मको कथा सामिप्य तिमल्सिनाले लेखेका हुन् ।

 

फिल्ममा अर्जुन पोखरेलको सुमधुर संगीत सुन्न सकिनेछ । रामेश्वर कार्कीको छायाँकन रहेको यो फिल्ममा कविराज गहतराज र शंकर बिसीको करियोग्राफी तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । फिल्मका अडियो तथा भिडियो गीतले अहिले बजार तताउन थालेको छ । सार्वजनिक पोस्टरलाई सुजन राजले डिजाईन गरेका हुन् ।