मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिजको संघारमा सुटिङ किन ?

फिल्मीखबर, काठमाण्डौ, 2012/10/31

यहि कार्तिक २४ गते मोफसल र मंसिर १ गते राजधानीमाबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लंका' को रिलिजको संघारमा आएर एक गीतको सुटिङ गरिएको छ । फिल्मको प्रचारप्रसार गर्ने बेलामा गीतको सुटिङ गर्नु अनौठो पक्कै हो । सुटिङ गर्नुको कारणलाई निर्देशक श्याम भट्टराईले खोलेका छन् ।

 

झण्डै एक बर्ष अगाडी पौष महिनामा सुटिङ गरिएको लंकाको यो पल फेरि आउला नआउला बोलको गीतको सुटिङ गरिएको थिएन । शुरूमा त गीत राख्ने योजनामा निर्देशक भट्टराई थिएनन् । त्यसैमाथी फुलैफुलको मौसम चाहिने र सो समयमा आफूले खोजे जस्तो फुलबारी नपाउँदा श्यामले सुटिङ नगर्ने मुड बनाएका थिए । तर जब अडियो गीतलाई स्रोताले रूचाउन थाले त्यसपछि श्यामले सुटिङ गर्ने मुड बनाएका हुन् ।
 

 

'गीत एफएमहरूमा निकै बज्न थाल्यो र सिआरबिटी पनि राम्रो जान थालेकाले गीत चल्छ होला भने सुटिङ गरिएको हो', निर्देशक भट्टराईले भने, 'पहिला सुटिङ शुरू हुँदा गर्ने योजना त थियो तर हामीले खोजे जस्तो फुल र मौसम नभएकाले नगरेका हौं ।' हिजो र आज गरिएको उक्त गीतको सुटिङ निकै राम्रो भएको उनको भनाई थियो । 'अब केहि दिनमा नै हामीले यो गीत सार्वजनिक गर्नेछौं', श्यामले भने ।

 

प्रदीप भारद्धाजको शब्द तथा सन्तोष रजौरेको संगीतमा दीपक लिम्बु र प्रविशा अधिकारीको सुमधुर स्वर रहेको सो गीतमा रेखा थापा र किशोर खतिवडाको रोमान्स हेर्न सकिनेछ । फिल्ममा पनि यि दुई कलाकार मुख्य भुमिकामा छन् । ओम प्रकाश अग्रवाल, मालती शाह, संजय कुटु र निर्देशक भट्टराई समेत निर्माता रहेको लंकाको कथा चर्चित फिल्म निर्माता छबिराज ओझाले लेखेका हुन् । उनी यो फिल्मका सल्लाहकार समेत हुन् ।

 

थप तस्विर र अडियो गीतका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला !

Lanka_2nd gallery - http://www.filmykhabar.com/pictures/462/

 

MP3 SONGS - http://www.filmykhabar.com/audio/?sort=ra&search=lanka