
टेलिसिरियल निर्देशन पश्चात फिल्म निर्देशनमा हात हालेका निर्देशक सुदर्शन थापाले म्यूजिक भिडियो निर्देशनमा पनि आफ्नो कला देखाएका छन् । म्युजिक भिडियो निर्देशनबाट फिल्म निर्देशनमा अघि बढ्ने निर्देशकहरुको विपरित उनी ठूलो फिल्मबाट म्यूजिक भिडियोको निर्देशनमा अघि सरेका हुन् ।
होम प्रोडक्सन फ्राईडे फिल्मस मार्फत 'धन्दा' फिल्म निर्देशन सकेर हाल पोष्ट प्रोडक्सनमा ब्यस्त रहेका थापाले यो ब्यस्तताको बाबजुत आफ्नै कम्पनीबाट म्यूजिक भिडियो निर्देशन अनुभवलाई सार्वजनिक गरेका हुन् । उनले मोडल तथा हिरोईन पुजा शर्मालाई लिड काष्टको रुपमा यो म्यूजिक भिडियोमा फिचर गरेका छन् । फिल्मी बजारमा फैलिएको हल्ला अनुसार सुष्मा कार्कीसंग ब्रेक अप पश्चात एक्लो भएका निर्देशक थापाको लाईफमा अति मिल्ने साथी भएर अहिले पुजाको इन्ट्री भएको हो ।
पुजाले थुप्रै म्यूजिक भिडियो सहित रिलिज हुन लागेका सुरेश दर्पण पोखरेलको थ्री लभर्स र प्रशन्न पौडेलको मेरो बेष्टमा सेकेण्ड लिड हिरोईनको रुपमा काम गरेकी छिन् । निर्देशक थापाले निर्देशन गरेको पहिलो म्यूजिक भिडियो यस्तो छ -