मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तिहार मनाउन रमेश उप्रेती नेपाल आउँदै

फिल्मीखबर, काठमाण्डौ, 2012/10/31

विगत केही बर्ष देखि अमेरिकामा रहेका अभिनेता रमेश उप्रेती तिहार मनाउनका लागि नेपाल आउने भएका छन् । हिरो समेत रहेका रमेशका भाई दिवसले दिएको जानकारी अनुसार कात्तिक २६  गते काग तिहारको अघिल्लो दिन उनी नेपाल ल्याण्ड हुने छन् ।

 

दुई बर्ष अघि नेपाल आउँदा ६ महिना सम्म बसेका रमेश यो पटक भने तीन महिनाको विदामा नेपाल आउन लागेका हुन् । गायक विकास राणाको बहिनी किरणसंग विवाह गरेका रमेश एक्लै नेपाल आउन लागेको दिवसले जानकारी गराए ।

 

रमेशले श्रीमती प्रेम देखाउन फेसबुकमा आफ्नो नामको विचमा किरण थपी रमेश किरण उप्रेती लेखेका छन् । अमेरिकामा रहँदा केही साथीभाई माझ विवाह घोषणा गरेका रमेशले नेपालमा रहेका आफन्त माझ आफ्नो परम्परा अनुसार विवाह भने गरेका छैनन् । उनको श्रीमतीसंगको केही तस्बिरहरु -