मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

बालमनोविज्ञानमा `ठूलो मान्छे` बन्ने

अर्पण ढकाल, धरान, 2012/10/31

बालबालिकाको विषयलाई समेटेर बिरलै मात्रामा फिल्म बन्ने गरेको पाइन्छ । बालबालिका भविष्यका कर्णाधार हुन् यिनीहरुको मनोविज्ञानका विषयमा केही जानकारी सबैलाई होस् भन्ने उद्देश्यले बालमनोविज्ञानमा आधारित नेपाली फिल्म 'ठूलो मान्छे बन्ने' भएको छ ।


धरानमा लामो समयदेखि नृत्य विद्यामा काम गरेको युनाइटेड मल्टि आर्टस्ले बालबालिकाको मनोविज्ञानलाई आधार बनाएर सो फिल्म निर्माण गर्ने भएको हो । फिल्मको धरानमा एक कार्यक्रमको बीच सुभमुहर्त समेत गरिएको छ । करिब २५ लाख रुपैया बराबरको लागतमा निर्माण हुन लागिरहेको सो फिल्ममा अधिकांश कलाकार बालबालिका नै रहेको निर्देशक प्रसान्त तामाङले जानकारी दिए ।


निर्देशक तामाङले बालबालिकालाई लक्षित गरी कमैमात्र फिल्म निर्माण हुने र बनेका फिल्म समेत विकृतितर्फ बढी उन्मुख हुने गरेकाले आफूहरुले यो फिल्मको निर्माण कार्य शुरु गरेको बताए । एउटा बच्चालाई ठूलो मान्छे बन्नका लागि के-के गर्नुपर्छ भन्ने विषय यो फिल्ममा देखाईने उनले बताए । अधिकांश पुर्वेली त्यसमा पनि नयाँ कलाकारहरुको अभिनय सो फिल्ममा ५ जना बालकहरु मुख्य भुमिकामा रहेको उनले बताए ।

 

कथा समेत तामाङकै रहेको फिल्ममा बालकहरु अभिरल शर्मा, उज्वल कुढाथोकी, कौशल याख्खा, रोमन लिम्बु, आषिश ठाकुर र विवेक थेवे मुख्य भुमिकामा देखिने छन् । फिल्मलाई प्रदिप खड्काले लगानी गर्नेछन् । बुधबारबाट सुटिङ शुरू गरेर मंसीर पहिलो साता सक्ने तथा चैत्रमा रिलिज गर्ने निर्माता खड्काले जानकारी दिए । संदिप श्रेष्ठको छायाङ्कन रहने फिल्ममा संगीत संजिव प्रधान, जिवन भट्टराई र नवराज वस्नेतको रहेको छ ।