मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

११ वर्ष पछि प्रकाश सायमीले फिल्म निर्देशन गर्ने

सन्जोग बस्याल, पोखरा, 2012/10/30

लगभग ११ वर्षको विश्राम पछि निर्देशक प्रकाश सायमी पुन नेपाली फिल्ममा फर्किने भएका छन् । उनले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । ११ वर्ष भन्दा अगाडि हतियार नामको फिल्म निर्देशन पछि यो क्षेत्रबाट हराएका सायमी नयाँ फिल्म 'दस्तुर' मार्फत पुन फिल्म क्षेत्रमा फर्किन लागेका हुन् ।

 


सायमीसंगै फिल्म क्षेत्रबाट हराएका नायक सिमान्त उदास पनि निमार्ताको रुपमा पुन: रि-इन्ट्रि गर्दैछन् । दस्तुरलाई सिमान्त र उनका दाई भिम उदास मिलेर निर्माण गर्न लागेका हुन् । फिल्म खेलाडीहरूको जीवन कथामा आधारित रहेर बनाउन लागेको निर्देशक सायमीले जानकारी दिए । पुषबाट छायाङकन सुरु गरिने भनिएको फिल्ममा संगित प्रविण बराईली र युजेन लामाको रहने पनि उनले बताए ।


पुराना निर्देशक सायमीले यो भन्दा अगाडि निर्देशन गरेका सात ओटा फिल्म मध्ये सिमाना बाहेक कुनै पनि चलेका थिएनन् । फिल्म नचले पनि उनकै फिल्मबाट डेब्यु गरेका जल शाह, झरना बज्राचार्य लगाएतका कलाकारहरु भने यो क्षेत्रमा राम्रैसंग चलेका थिए । फिल्मका कलाकार भने तय भई सकेका छैनन् । सम्भवत रङ्गमञ्चमा काम गरेका कलाकारलाई लिन सकिने र सबै नयाँ अनुहार हुने निर्देशक सायमीले बताए ।


हाल नेपालमा नयाँ-नयाँ प्रविधी र क्यामेरा प्रयोग गरि फिल्महरु बन्ने गरेको भए पनि सायमीले भने पुरानै १६ एमएमको क्यामेरा प्रयोग गर्ने भएका छन् । फिल्मको लागी ४५ लाखको लगानी छुट्याईएको बताईएको छ ।