मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

भुपेन्द्रलाई हिरोको अफर !

फिल्मीखबर, काठमाण्डौ, 2012/10/30

नेपाली फिल्मका लागि सय भन्दा बढी गीत लेखिसकेका गीतकार भुपेन्द्र खड्कालाई एक नयाँ निर्देशकले हिरो बन्न अफर गरेपछि उनी अहिले दंग छन् । हुनत उनले आलोक नेम्वाङको निर्देशनमा एक म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् तर हिरो नै बनिहाल्ने मुडमा भने छैनन् ।

 

'एक जना नयाँ निर्देशकले फोन गरेर हिरो बन्ने हो भन्नु भयो अनि मलाई एकछिन् त मज्जाले हाँसो लाग्यो', भुपेन्द्रले भने, 'हिरो बन्ने मन त नभएको हैन तर मलाई अभिनय आउँदैन तर यो अफर आउँदा केहि दंग भने भएको छु ।' नेपाली साहित्यमा पिएचडी गर्दै गरेका भुपेन्द्रले हिरो बन्ने मन भए पनि अध्ययनले नभ्याउने बताए । उनले भने, 'हिरो बन्न मैले अभिनय सिक्नु पर्छ त्यो समय मसँग अहिले छैन ।'

 

भर्खरै मात्र भिजिलान्ते र ढुवानीको गीत लेखेर सकेका भुपेन्द्र अहिले दुई नयाँ फिल्मको गीत लेख्नमा पनि व्यस्त छन् । त्यसैले पनि उनी हिरो बन्ने रहरलाई समयको व्यस्तताले तत्काल पूरा गर्न सक्ने अवस्थामा छैनन् । तर, आफ्नो आध्ययन सकेपछि अनुप बरालको स्टुडियोमा अभिनय सिकेर एउटा आर्ट फिल्म भने गर्ने रहर उनले साँचेका छन् । महंगो गीतकारको रूपमा चिनिएका भुपेन्द्रले गीत लेखेको फिल्म आगमन र मेरो बेस्ट फ्रेण्ड रिलिजको तयारीमा छ ।

 

कान्तिपुर एफएममा समेत कार्यरत यि सेलिब्रेटी गीतकारको हिरो बन्ने चाहना छिट्टै पूरा होस् । हाम्रो शुभकामना !