मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`थ्री लभर्स` क-कस्का लागि महत्वपूर्ण ?

फिल्मीखबर, काठमाण्डौ, 2012/10/29

कार्तिक २४ गतेबाट मंसिर १ गतेका लागि रिलिज पोष्टपोण्ड गरिएको फिल्म सस्पेन्स लभस्टोरी फिल्म  'थ्री लभर्स'  प्रतिक्षित फिल्म भित्र पर्दछ । सुरेश दर्पण पोखरेलले निर्देशन गरेको यो फिल्म प्रतिक्षित मात्र हैन निर्माण टिमसँग जोडिएका केहि व्यक्तिहरूका लागि महत्वपूर्ण पनि छ ।

 

शिबम अधिकारीको कथामा अभिनय गरेकी नायिका प्रियंका कार्कीका लागी यो फिल्म सबैभन्दा बढि महत्वपूर्ण हुनेछ । कुनै फिल्म रिलिज नभईकन पनि व्यस्त बन्दै गएकी प्रियंकाको यो नै पहिलो रिलिज फिल्म हुनेछ । त्यसैले पनि उनी अब कलिउड फिल्मको सुटिङ सके लगत्तै यसकै प्रोमोशनमा दौडने बताउँछिन् । फिल्मको मुख्य पात्रको रूपमा रहेकी प्रियंकाको अभिनय क्षमता यहि फिल्मले देखाउने निर्देशक पोखरेल बताउँछन् ।

 

प्रियंका पछि नायक निरज बराल र अर्का नायक देबु श्रेष्ठका लागि पनि यो फिल्म महत्वपूर्ण छ । कुसुमे रूमाल पछि खासै जम्न नसकेका निरजको फिल्मी करियरमा यो फिल्म कोशेढुंगा नै हुने निर्देशकको दाबी छ । निरज यो फिल्मका मुख्य पात्र मध्येका एक हुन् । अर्का मुख्य पात्र देबु श्रेष्ठका लागि त यो फिल्म झन् बिशेष रहनेछ । डेब्यू नायक देबुलाई यो फिल्मले कुन मोडमा लैजान्छ त्यो रिलिज पछि थाहा नै हुनेछ ।

 

यहि फिल्मबाट संगीतकारमा डेब्यू गरेका राजन इशान पनि आफ्नो कामको रिजल्ट कस्तो आउने हो भन्दै कुरेर बसेका छन् । संगीत क्षेत्रमा लामो समय खर्चेका राजनको संगीतलाई धेरैले रूचाई सकेका छन् । अब यो फिल्मको संगीतलाई दर्शक स्रोताले कत्तिको रूचाउने हुन् त्यो पनि पर्खाईमा नै छ । उनको क्रियशनले दर्शकलाई भने निराश बनाउँछ या बनाउँदैन त्यो पनि पर्खाईमा नै छ ।

 

थ्री ब्रदर्श क्रियशन बेल्जियमको पहिलो प्रस्तुती रहेको सो फिल्ममा सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको पनि मुख्य भुमिका रहेको छ । पुरूशोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा हिमाल केसीको द्धन्द निर्देशन रहेको छ भने करियोग्राफी कविराज गहतराज, शंकर बिसी र पूनम राईको रहेको छ । सागर पोखरेल, स्टोरी पोखरेल र प्रिन्स श्रेष्ठ फिल्मको निर्माता हुन् । फिल्मको पब्लिसिटीमा जुट्न यहि डेब्यू नायक देबु श्रेष्ठ केहि दिन अगाडी मात्र बेल्जियमबाट नेपाल आईपुगेका छन् ।