मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघमा प्रशन्नको बेष्ट फ्रेण्ड आउने

फिल्मीखबर, काठमाण्डौ, 2012/10/28

स्वर फिल्म डेब्यू निर्देशक प्रशन्न पौडेलको दोस्रो फिल्म 'मेरो बेष्ट फ्रेण्ड' को रिलिज मिती तय गरिएको छ । फिल्मीखबरसँगको कुराकानीमा निर्देशक पौडेलले आफ्नो फिल्म माघ ५ गते देशभर एकसाथ प्रदर्शनमा आउने जानकारी दिए ।

 

आशाबादी फिल्मस् प्रालीको ब्यानरमा प्रजिता बज्राचार्यले निर्माण गरेको सो फिल्ममा रेश मरहठ्ठा, दिवस उप्रेती, प्रियंका कार्की, किरण लौचन र पूजा शर्मा मुख्य भुमिकामा छन् । पछिल्लो समय निकै व्यस्त रहेकी नायिका प्रियंका कार्कीले अभिनय गरेको यो पहिलो फिल्म हो । मिस टिन यि नायिकालाई प्रशन्नले नै नेपाली फिल्म इन्ड्रष्ट्रीमा इन्ट्री गराएका हुन् । तर, रिलिजका हिसाबले उनको पहिलो फिल्म थ्री लभर्स हुनेछ ।

 

तीन साथी बिचको प्रेम सम्बन्धको बिषयमा बनेको यो फिल्ममा सुगम पोखरेल, प्रमोद खरेल र राजनराज शिवाकोटीको संगीत रहेको छ भने गीत भुपेन्द्र खड्काले लेखेका हुन् । अच्युत अधिकारीको पटकथा तथा संवाद रहेको सो फिल्मलाई बिदूर पाण्डेले खिचेका हुन् भने द्वन्द हिमाल केसीको रहेको छ । त्यसैगरी सम्पादन सुरेन्द्र पौडेल र व्याकग्राउण्ड म्युजिक सुजिल कर्माचार्यको रहेको छ ।