
लामो समय पछि नायक उत्तम प्रधानलाई लेटर फिल्म मार्फत दर्शकले पर्दामा हेर्ने मौका पाए । सिक्किममा बनेको सो फिल्म पनि चलेन उत्तमको पनि खासै चर्चा चलेन । फिल्म नचल्नु आफ्नो ठाउँमा छ तर दर्पणछायाँ हिट हिरो उत्तम लामो समयपछि कमव्याक हुँदा पनि नचल्दा कतै दर्शकले उनलाई बिर्सेको त हैन भन्ने प्रश्न उब्जिन थालेको छ ।
असोज १९ गते रिलिज भएको फिल्म लेटरले उत्तमलाई उचाल्न नसके पनि आगामी शुक्रबार रिलिज हुने भनिएको फिल्म 'इशारा' बाट भने उनलाई दर्शकले रूचाउने निर्माण युनिटको दाबी छ । निर्देशक सबिर श्रेष्ठले केहि समय अगाडी भनेका थिए कि उत्तमलाई यो फिल्मले उचाईमा पुर्याउँछ । निर्देशकको यो बाणीमा कत्तिको सत्यता छ त्यो हेर्न एक साता कुर्न पर्ने हुन्छ ।
अनुशी फिल्म्सको व्यानरमा उमा बेबीले निर्माण गरेको फिल्म इशारामा उत्तमको साथमा रेखा थापा, उमा बेबी र भुपेन चन्दको अभिनय रहेको छ । फ्रेण्डसिप, लभ र रेस्पेक्टको डेफिनेशन दिने हरेक वर्गका दर्शक लक्षित फिल्म इशारालाई शिबम अधिकारीले लेखेका हुन् भने शिब ढकालको छायाँकन, महेश खड्काको संगीत, किरण खरेलको गीत र कमल राईको नृत्य रहेको छ ।