
स्क्रिप्ट छानेर महंगो रकम लिई अभिनय गर्न रूचाउन अभिनेता आर्यन सिग्देललाई यो दशैंमा ठूलै झट्का लागेको छ । कार्तिक ३ गते आर्यन अभिनित दुई फिल्म धुवाँ यो नशा र के म तिम्रो साथी बन्न सक्छु रिलिज भएका थिए तर ति दुबै फिल्म असफल भए पनि आर्यनलाई यसको असर परेको हो ।
रेखा फिल्म्सको फिल्म किस्मत र कस्ले चोर्यो मेरो मन पछि आर्यनले अभिनय गरेका कुनै फिल्मले व्यवसायिक सफलता हात पार्न सकेका छैनन् । यसपालीको दशैंमा आर्यनले मात्र हैन समग्र उधोगले पनि आश गरेको थियो तर ति आशा सबै निराशामा परिणत भयो जब फिल्म फ्ल्प भयो । बिशेषगरी आर्यनले धुवाँ यो नशाबाट निकै आश राखेका थिए । अन्य फिल्म भन्दा फरक तरिकाले प्रस्तुत भएका कारण फिल्म आर्यनलाई फिल्म चल्ने ठूलै आश थियो तर दर्शकलाई फिल्मले हलसम्म तन्न सकेन ।
पारिश्रमिकमा कम्प्रमाईज नगर्ने आर्यनलाई अब भने ठूलो चुनौती आएको छ । सत्य तितो नै हुन्छ भने झैं आर्यनका फिल्म लगातार असफल रहँदा उनको फिल्मी भविष्य संकटमा पुग्ने त हैन भन्ने अनुमान लगाउन थालिएको छ । हुनत फिल्म कलाकारको कारणले मात्र चल्ने हैन तर मोटो रकम तिरेर कलाकारको भरमा फिल्म बनाउनेले भने एक पटक सोच्नै पर्ने हुन्छ कि यहाँ स्टार हैन फिल्म भित्रको गुदी चल्छ भन्ने कुरा ।
प्राय लभ स्टोरी फिल्ममा फिट देखिने यि चक्लेटी हिरोले अभिनय गरेको अर्को फिल्म महसुस र कलिउड हो । नवल नेपालले निर्देशन गरेको महसुसले आर्यनलाई केहि राहत दिनसक्ने अनुमान लगाईएको छ । यदि यो फिल्मले पनि बक्स अफिसमा कुनै चमत्कार देखाउन नसके आर्यनले आफ्नो करियरको बारेमा एक पटक मज्जाले नै सोच्नु पर्ने हुन्छ ।