मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुम्बई फिल्म फेस्टिभलमा सुनगाभालाई जुरी अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2012/10/27

लेस्वियन युवतीको कथामा आधारित फिल्म 'सुनगाभा, डान्स अफ दि अर्किड' ले दिनप्रतिदिन सफलता पाईरहेको छ । थुप्रै अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको सो फिल्मले भर्खर मात्र सम्पन्न मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड पाएको छ ।

 

भारतको मुम्बईमा सम्पन्न उक्त फेस्टिभलमा सुनगाभाले इण्डिया वर्ल्डवाइड श्रेणी अर्न्तगत जुरी अवार्ड पाएको हो । तीन जुरीमा प्रशान्त नायर, टेरेस हायज र देव बेनेगलको टिमले उक्त फिल्मलाई जुरी अवार्ड घोषणा गरेको हो । अवार्ड पाएपछि फिल्मका लेखक तथा निर्देशक सुवर्ण थापाले यो नै आफ्नो सफलता भएको बताएका छन् । अब यो फिल्म जनवरी ३ देखि १४ सम्म हुन लागेको पाल्म स्प्रिङ अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा समेत प्रदर्शन हुनेछ ।

 

निर्देशक थापाको साथमा रप्सोडी प्रोडक्सनको निर्माण रहेको यो दुई समलिङ्गी युवतीको मनोवैज्ञानिक फिल्ममा निशा अधिकारी र दिया मास्केले मुख्य भुमिका निर्वाह गरेका छन् । फिल्ममा सौगात मल्ल, बसुन्धरा भुषाल, सरिता गिरी, मेनुका प्रधान लगायतको पनि अभिनय हेर्न सकिनेछ । काठमाण्डौमा सुटिङ गरिएको फिल्मलाई फ्रान्सेली छायाँकार सारा कोर्नुले खिचेकी हुन् ।