मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सात बर्षपछि प्रियंकाले मच्चाईन लिङ्गे पिङ

फिल्मीखबर, काठमाण्डौ, 2012/10/22

 

सात बर्षपछि हिरोईन प्रियंका कार्कीले लिङ्गे पिङको मज्जा लिएकी छिन् ।अमेरिका अध्ययनका लागि  गएका कारण पाँच बर्षसम्म उनको निधारमा दुर्गा भवानीको प्रसाद लागेको थिएन तर यो पटक उनको पुरै निधार आफ्न्तले लगाईदिएको अक्षताले भरिने निश्चित भएको छ । 
 
उनी दुई दिन अघि आफ्नो पुख्र्यौली घर  धरान पुगेकी छिन् । जहाँ उनले घर पुग्ने बेलामा बाटोमा लिङ्गे पिङ देखेपछि मन थाम्न सकिनन र धार्मिक प्रचलन अनुसार दशैको यो बेला केही मिनेट  धर्तीलाई छाडिन  पनि ।
 
 
 हाई हिल र  पेन्सिल हिल लगाउन स्वखिन उनी यो पटक आफ्ना सवै  अग्ला हिलहरुलाई घरमा थन्क्याएर फ्ल्याट चप्पलमा निस्किएकी छिन् । 'पिङ खेल्न सजिलो होस भनेर अनि धेरै घुम्न मन लागेर पनि मैले यो दशैमा फ्ल्याट चप्पल लगाउने निर्णय गरेको हुँ ।'  फिल्मीखबरसंगको कुराकानीमा उनले भनिन् । उनी सात  बर्षअघिको दशैँको बेला  धरान पुग्दा लिङ्गे पिङमा मच्च्एिकी थिईन् । कहिले बसेर पिङ्ग खेलिन त कहिले उठेर । उनले सात बर्षपश्चातको लिङ्गे पिङ्ग खेलाईको मज्जा सुनाईन । उनले जिवनका उतार चढावलाइ बुझन भएपनि यो सिजनमा  पिङ्ग खेल्न कसैले विस्रन नहुने पनि बताएकी छिन् ।  
 
 दशैका लागि हाल कलिउड फिल्मको सुटिङ्ग सेटबाट फ्रि  भएकी उनी आउदो बिहिबार धरानबाट सिधै परिवार का साथ् चितवन घुम्न निस्कने छिन् । त्यस पछि कलिउडको बाँकी दुई गितको सुटिङ्गका लागि उनी विजी हुने छिन् ।