मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्यानले फेरी दिए डिसीलाई खसी उपहार

फिल्मीखबर, काठमाण्डौ, 2012/10/20

फ्यानहरु कमाउनु नै सेलिब्रेटीहरुको सवैभन्दा ठूलो धन हो त्यस माथि बेलाबेलामा अचम्मका सदभाव देखाउने फ्यानलाई कुन चाँहि सेलिब्रेटीले बिर्सन्छन् होला । र, यस्तै एउटा अचम्मका एक फ्यानबाट निर्देशक दिनेश डिसीले पुनः खसी उपहार पाएका छन् ।


२०६७ सालको दशैंमा पनि दाङ निवासी उनका  फ्यान लेखराज डाँगीले २२ किलोको खैरो खसी दशैं उपहार स्वरुप डिसीलाई पठाएका थिए । जुन निरन्तरता यो पटक पनि दोहोर्‍याएका छन् उनका फ्यानले । केही महिना अघि मायाज बारको सुटिङ सेटमा आएको समयमा डिसीको लेखराजसंग निकै बेर बार्तालाप भएको थियो त्यस पश्चात फ्यानसंगको सम्बन्धलाई दोस्तीमा परिणत गरेको डिसी बताउँछन् ।


आज बिहान डिसीलाई उनका फ्यानले दाङ देखि आफू निकट ब्यक्तिको हातमा करिब १८ केजीको खसी पठाएका हुन् । 'दशैं शुभकामना ब्यक्त गर्दा भईहाल्थ्यो तर उहाँ मान्दै मान्नु भएन अनि लिन बाध्य भएँ', डिसले भने  ।