
फिल्म प्रोमोशनका लागी फिल्म सिग्नेचर (हस्ताक्षर) युनिटले नयाँ फण्डा ल्याएको छ । प्रायजसो पब्लिसिटीका लागि प्रोमो, गीत तथा पोस्टर सार्वजनिक गरिन्छ तर सिग्नेचर युनिटले भने नयाँ स्टाईलले प्रोमोश्नल भिडियो सार्वजनिक गरेको छ ।
सार्वजनिक भिडियोको व्याकग्राउण्डमा को-को व्यक्तिले बोले भन्ने कुरा नखुलाईएको छैन तर बोल्ने जति सबैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । छिट्टै नै सार्वजनिक हुने तयारीमा रहेको यो सस्पेन्स फिल्मलाई सागर उदगमले निर्देशन गरेका हुन् । क्रियटिभ मनकामना फिल्म्सको व्यानरमा प्रकाश सुवेदी, बामदेब भट्टराई, सागर उद्गम र रमेश बाबा नेपालले संयुक्त रूपमा निर्माण गरिएको सो फिल्म सत्य घटनामा आधारित रहेको बताईएको छ ।
बिनोद पौडेल, सरिता गिरी, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेवी डिसी, अम्रिता थपलिया तथा बालकलाकार सौरभ सिंहको अभिनय रहेको सो फिल्मको कथा निर्देशक उद्गमले नै लेखेका हुन् । फिल्ममा पुरूषोत्तम प्रधान, धिरज जंग शाह, शिबराम श्रेष्ठ र नवराज सुवेदीको संयुक्त छायाँकन, अच्युत सिटौलाको गीत, संगीत तथा स्वर रहेको छ भने व्याकग्राउन्ड संगीत बिबश पौडेलले भरेका छन् । फिल्मको सम्पादन र कलर निसान घिमिरेले गरेका हुन् ।