मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 4.69/5.00)
Text size:-
+
-

ऋतुको फस्ट लुक सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/10/19

नेपाल, अमेरिका र अष्ट्रेलियाको कम्पनी क्रमश: अपिल बिष्ट फिल्म्स, प्लानेट ३ फिल्म्स र आल्प इन्टरटेन्मेन्टको संयुक्त लगानीमा बन्न लागेको फिल्म 'ऋतु' को फस्टलुक सार्वजनिक गरिएको छ । पब्लिसिटी डिजाईनर स्वप्निल आचार्यले प्रेस विज्ञप्ती मार्फत पोस्टर सार्वजनिक गरेका हुन् ।

 

अष्ट्रेलियामा बस्दै आएका एनआरएन मनोज अधिकारीको डेब्यू निर्देशन रहने यो फिल्मको सुटिङ भने डिसेम्बर महिनाको पहिलो साता अष्ट्रेलियामा गरिनेछ । ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुने यो फिल्मको बाँकी १० प्रतिशत नेपालमा गरिने जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । सिड्नीमा रहेका युवाहरूलाई आधार मानेर तयार पारिएको ऋतु रोमान्टिक फिल्म हो जसको कथा सन्दीप बादलले लेखेका हुन् । केहि साता अगाडी मात्र सम्पन्न स्क्रिप्ट लेखन प्रतियोगितामा सन्दीपको यो स्क्रिप्टले दोस्रो स्थान हासिल गरेको थियो ।

 

“समयसँगै ऋतुहरु बद्लिन्छन्, ऋतुसँगै मानिसको मन र त्यसैसँगै बद्लिन्छ भावना" यस्तै भावना बोकेर निर्माण हुन लागेको यो फिल्मका लागि कलाकारहरूको छनोट भने भईसकेको छैन । फिल्ममा चलेका र केहि नयाँ कलाकारहरू रहने निर्माण युनिटको भनाई छ । फिल्ममा निस्प्रभ साजीको गीत तथा शिब परियार र सुदीप गिरीको संगीत रहने छ । कलाकार र अन्य प्राबिधिकको नाम केहि दिनमा सार्वजनिक गरिने छ ।