मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा फिल्मका दुई अभिनेत्रीलाई `अभियान श्री` सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2012/10/18

२०४१ साल स्थापनाको पहिलो बर्ष नै अभियान श्री पुरस्कार पाएकी पहिलो अभिनेत्री भुवन चन्दलाई उक्त संस्थाले पुन: सम्मान गरेको छ । २९ औँ बार्षिकोत्सवको अवसरमा भुवन सहित उनको सहकर्मी विमला श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको छ ।

 

आमा फिल्मको सेकेन्ड लिड हिरोईन विमलाले पनि अभियानको दोस्रो संस्करण २०४२ सालमा अभियान पुरस्कार पाएकी थिईन् । यसैगरी  अर्की बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी सहित समाजसेवी नवराज श्रेष्ठ र महिला ब्यावसायी सिसम मल्ललाई पनि अभियान श्री २०६९ बाट सम्मान  गरिएको छ ।


अभिनेता कृष्ण मल्लले स्थापना गरेको अभियानको विगत केही बर्षदेखि अन्य गतिविधि करिब ठप्प भएका छन् तर सम्मानको प्रक्रियालाई भने अझै निरन्तरता दिईएको छ । बुधबार महिला बालबालिका तथा समाजकल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेको बाहुलीबाट यस पटकको अभियान श्री सम्मान प्रदान गरिएको हो ।