मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

शोभितको नयाँ फिल्म मुहुर्त

फिल्मीखबर, काठमाण्डौ, 2012/10/18

हुन त यहाँ स्टाईलिश टाईटल बनाईएका फिल्मको पनि बिजनेस राम्रो हुन सकेको छैन तर यस अघि धेरै पटक सुनि सकिएको पुरानो ढर्राको टाईटल तय गर्दै निर्देशक शोभित बस्नेतले नयाँ फिल्मको शुभसाईत गरेका छन् ।


 बुधबार साँझ एक जमघट आयोजना गरी बस्नेतले आफ्नो २६ औँ फिल्म जंजीरको शुभमुहुर्त गरेका हुन् । के. आर. ईन्टरटेन्मेन्टको ब्यानर मार्फत असोज असोज १५ देखि फ्लोरमा जाने सो फिल्ममा भुवन केसी प्रमुख हिरोको रुपमा अनुबन्ध भएका छन् भने विश्व बस्नेतको स्कुल फिल्ममा खेलिसकेकी २३ बर्षे श्रृजा झा हिरोईनको रुपमा रहेकी छिन्  । मुहुर्त समारोहमा दिईएको जानकारी अनुसार सम्राट सापकोटा विशेष भूमिकामा देखिन लागेको सो फिल्ममा जय किशन बस्नेत, फुलस्टप फिल्मका प्रोड्यूसर मोहनकृष्ण श्रेष्ठ, गौतम मुखर्जी, राम गौतम, मोहन श्रेष्ठ, सुनिल गुरुङ, जय कार्की तथा रिया श्रेष्ठ अन्य प्रमुख कलाकारको रुपमा रहने छन् ।


करन श्रेष्ठको प्रस्तुती रहने सो फिल्ममा सपना गौतम तथा राजेश खड्गी लगानीकर्ता भएर देखा परेका छन् । फिल्ममा टंक बुढाथोकीको म्यूजिक समावेश गरिने जनाईएको छ भने फाईट शंकर महर्जन तथा क्यामेरा शंकर गणेश श्रेष्ठले चलाउने छन् । शुभ मुहुर्त चलचित्र निर्माता संघ, चलचित्र संघ, चलचित्र कलाकार संघ तथा प्राविधिक संघ सहित केही बरिष्ठ ब्यक्तित्वहरुको उपस्थितिमा  गरिएको थियो ।