मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक समाजको कार्यसमितिमा दिनेश डिसी नियुक्त

फिल्मीखबर, काठमाण्डौ, 2012/10/17

निर्वाचन प्रक्रियाबाट सदस्य पदमा निर्विरोध चयन भएका रामशरण पाठकले राजिनामा दिएपछि चलचित्र निर्देशक समाजले रिक्त रहेको सो स्थानमा दिनेश डिसीलाई नियुक्त गरेको छ ।

 
बुधबार बिहान बसेको समाजको कार्यसमिति बैठकले पाठकको राजिनामा स्वीकृत गर्दे साधारण सदस्यको रुपमा रहेका डिसीलाई कार्यसमिति सदस्यको रुपमा नियुक्त गरेको हो । 'हाम्रो नेतृत्वमा भएका केही कार्यक्रममा दिनेश जी जस्तो योग्य ब्यक्तिको उपस्थिती र सक्रियतालाई आधार मान्दै नियुक्त गरेका हौ', समाजका सचिव एमएस अग्रजले जानकारी दिए । अग्रजका अनुसार कार्यसमितिमा डिसीको उपस्थितीले ठूलो छलाङ मार्ने विश्वास पनि ब्यक्त गरिएको छ ।
 
साढे १९ बर्षे यो यात्रामा डिसी पहिलो पटक फिल्मसंग सम्बन्धित संस्थाको कार्यसमितिमा नियुक्त भएका हुन् । शो विजनेसको क्षेत्रमा पब्लिक रिलेसनको क्षमतालाई समिक्षा गर्ने हो भने अग्रपंक्तिमा गनिने डिसीले समाजको तर्फबाट आजै नियुक्ती पत्र बुझेका  छन् । नियुक्ती पत्र पाउनासाथ डिसीले फिल्मीखबरलाई प्रतिक्रिया दिदै भने, 'समाजको उत्पादनशिल कार्यका लागि मेरो क्षमताले भ्याएका सम्पूर्ण शक्ति प्रयोग गर्ने छु ।'