मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

सायदको पाईरेसीले हाईटेक तनावमा

फिल्मीखबर, काठमाण्डौ, 2012/10/16

कति नेपाली फिल्म रिलिज हुँदै गर्दा पाईरेसी हुन्छन् भने कति डिभिडी बजारमा आउन नपाउँदै पाईरेसी हुन्छन् । यसरी फिल्मको पाईरेसी हुँदा निर्माता र डिभिडी व्यवसायीलाई ठूलो मार पर्ने गरेको छ ।


यहि पाईरेसीको तनावमा अहिले हाईटेक इन्टरटेन्मेन्ट परेको छ । गतसाता मात्र हाईटेकले फिल्म सायदको डिभिडी तथा भिसिडी बजारमा ल्याएको थियो । सो फिल्मको डिभिडी तथा भिसिडी निस्कन नपाउँदै अनलाईनमा छ्यापछ्याप्ती पाईन थाले पछि हाईटेकका सञ्चालक राजेन्द्र मानन्धरको पसिना छुटेको छ । पाईरेसी भएको फिल्म आफूले निकालेको डिभिडीको कपी नभएकाले राजेन्द्र बढी तनावमा परेका हुन् । उनी भन्छन्, 'अनलाईनमा पाईरेसी भएको फिल्मको कपीमा मेरो लोगो छैन त्यसैले यो पाईरेसी कस्ले गर्‍यो भन्ने रहस्यमा छ ।'

 

राजेन्द्रका अनुसार सायद निर्माण कम्पनीले फिल्म रिलिज गर्दा हल र देशको नाम राखेको थियो तर पाईरेसी भएको फिल्ममा न हलको नाम छ न प्रदर्शित कुनै देशको नाम । फिल्म गोप्य रूपमा कस्ले पाईरेसी गर्‍यो भन्ने थाहा नपाएका राजेन्द्रले यसरी पाईरेसी हुँदै गएमा भिसिडी कम्पनी मात्र हैन उधोगलाई नै ठूलो हानी हुने राजेन्द्र बताउँछन् । त्यसैले यसको रोकथामका लागि फिल्मका सम्बन्धित संघसंस्थाले पनि बिशेष पहल गर्नुपर्ने उनको कथन छ । अहिले फिल्म सायदलाई अनलाईनबाट भने हटाईसकिएको छ ।