मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

अचम्मका नीर शाह

फिल्मीखबर, काठमाण्डौ, 2012/10/16

नीर शाहको स्टाईल पनि अचम्मको छ । रिल लाईफमा 'भेरियसन' दिन निकै माहिर उनी रियल लाईफमा पनि त्यतिकै 'भेरियसन' दिंदा रहेछन भन्ने रहस्य बाहिरिएको हो । उनी विगत १२ बर्षदेखि आफ्नो रहस्यमय जिन्दगीलाई डोर्‍याईरहेका छन् ।


फिल्म क्षेत्रको समिक्षा गर्ने हो भने उनी एक मात्र त्यस्ता ब्यक्ति हुन् जसको सक्रियता यो क्षेत्रको जन्म हुँदा देखि आजको मिति सम्म पनि उत्तिकै छ । हालैको एक भेटमा फिल्मीखबरसंग गफिदै गर्दा उनको अनुहारको छाला चाउरी परेको प्रसङ्ग उठेपछि उनले आफ्नो रहस्यमय र अचम्म लाग्दो जीवन चर्यालाई खोलेका हुन् । उनी हरेक बर्षको सात महिना शाकाहारी बस्ने गरेका छन् भने बाँकी पाँच महिना पूर्ण मांशहारी । गुरु रवि कर्मचार्यको प्रेरणाबाट उनले यस किसिमको जीन्दगी सुरु  १२ बर्ष पुगिसकेको छ । 


हरेक बर्ष सात महिना पूर्ण शाकाहारी बस्दा उनले जीवनको अर्थ भिन्न तरिकाले बुझ्ने मौका पनि पाउँदा रहेछन् । त्यस्तै मांशहारी बस्नु समाज र साथीभाईसंगको घुल मिल हुने अर्को परिक्षण काल हो उनको । यो दशैमा टिका लगाएर नयाँ फिल्म निर्माणको तयारीमा जुट्ने उदेश्य स्वरुप केही महिनाका लागि अमेरिका उड्ने तयारीमा रहेका शाहले हरेक बर्षको अँग्रेजी महिना जुन देखि नोभेम्बर २४ सम्म शाकाहारी लाईफ विताउँछन् ।


तर, जब नोभेम्बर २५ को दिन आउँछ तब उनी बिहान एघार बजे देखि मदिराको साथमा बोकाको खुट्टालाई स्न्याकस बनाउदै आफ्नो शाकाहारी ब्रत तोड्छन् । तपाईलाई त कलियुगको कुम्भकर्ण पनि त भन्न सकिन्छ नि हैन भन्ने प्रश्नमा उनले भने, 'मेरो सात पाँचको यो सिस्टमलाई कुम्भकर्ण भन्न मिल्दैन बरु सुम्भकर्ण चाहि भन्दा फरक पर्दैन ।'