मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बडीगार्ड हिरो अब सुपरम्यान बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/10/16

बडीगार्ड डेब्यू हिरो आकाश शाहलाई सोही फिल्मका निर्माता सुशिल पोखरेलले नयाँ फिल्ममा पुन: अनुबन्ध गरेका छन् । बडीगार्डबाट सोचे अनुरूपको सफलता पाउन नसके पनि लगानी सुरक्षित रहेको बताउँदै निर्माता पोखरेलले 'अनिक' फिल्म निर्माणको घोषणा गरेका हुन् ।

 

यसअघि लालच फिल्म निर्माण गर्ने बताएका सुशिलले सो फिल्मलाई पर सार्दै सुपरम्यानको कथा रहेको अनिकको निर्माण गर्ने घोषणा गरेका हुन् । फिल्ममा आकाश शाह सुपरम्यानको भुमिकामा रहनेछन् जसका लागि उनी छिट्टै नै कमाण्डोको अभ्यासमा जुट्नेछन् । बडीगार्डबाट आकाशलाई धेरैले रूचाएको भन्दै आफूले पुन: अर्को प्रोजेक्टमा लिएको निर्माता पोखरेलको भनाई छ ।

 

करिब डेढ करोडको लागतमा बन्ने बताईएको उक्त फिल्मको अन्य कलाकार र प्राबिधिक तथा निर्देशक भने तय गरिएको छैन । फिल्मका लागि अहिले प्रि-प्रोडक्सनको काम चरिरहेको बताउँदै निर्माता पोखरेलले फिल्मको कथासार भने अहिले खुलाउन चाहेनन् ।