मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचाको चौथो सोलो प्रोजेक्टको रिजल्ट कस्तो होला ?

फिल्मीखबर, काठमाण्डौ, 2012/10/16

फष्टलभ डेब्यू हिरोईन ऋचा शर्माले सोलो प्रजेक्ट पाउने यात्रालाई फेरी अगाडी बढाएकी छिन् । सुदर्शन थापाको मेरो लभस्टोरीबाट उनी सोलो हिरोईनको रुपमा देखा परेकी थिईन् भने हाईवे सहित होम प्रोडक्सनको भिसा गर्लमा पनि उनले लिड रोल निभाएकी थिईन् ।


विडम्बना, ऋचाले लिड गरेको कुनै पनि फिल्मको बक्स अफिस रिजल्ट भने उत्कृष्ट हुन सकेनन् । अर्थात एक शब्दमा भन्नु पर्दा उनको लिड रोल रहेको तीन वटा फिल्म फ्ल्प भए । फष्टलभमा उनी सेकेन्ड लिड हिरोईन थिईन् जुन सुपरहिट भएको थियो भने उनको स्पेशल एपिरेन्स रहेको लुट बल्क बष्टर  । तर सोलो प्रोजेक्टका सवै फिल्मको बिजनेस रिर्पोट केलाउने हो भने शुन्य रिजल्ट देखिन्छ ।


तर, यो शुन्यताको विचमा उनले फेरी पनि अर्को सोलो प्रोजेक्ट पाएकी छिन् । फिल्म निर्माणमा पूर्ण ज्ञान भएका निर्देशकले परिचित छिरिङ रितार शेर्पाले निर्देशन गर्ने फिल्म 'उमा' मा उनी पुन: लिड रोलमा देखा पर्न लागेकी हुन् । नोभेम्बर पहिलो साता देखि फ्लोरमा जाने भनिएको सो फिल्ममा ऋचा एक लडाकु महिलाको भूमिकामा देखिदैछिन् । फिल्मको स्टोरी दश बर्षे जनयुद्धको एक अंश भनिएको छ ।

 

 

सोमबार प्रेस मिट गर्दै उक्त यूनिटले 'उमा' का सम्पूर्ण कलाकारहरुको परिचय गराउदै निर्माण घोषणा गरेको हो । ऋचासंगै फिल्ममा हाकु काले सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द पनि मुख्य भुमिकामा रहने जानकारी गराईयो । राजधानी र काभ्रेपलान्चोक जिल्लामा सुटिङ हुने सो  फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्ने जानकारी दिईएको छ ।

 

फिल्ममा गोपाल योञ्जन र अभय एन्ड स्टिम ईन्जन्सको म्यूजिक रहने छ । मिला प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो फिल्मको प्रोड्यूसर स्वयम निर्देशक शेर्पा हुन् । पुराना फिल्ममेकरहरुको प्रोजेक्ट गर्न नरुचाउने ऋचाले यो फिल्म उत्कृष्ट बन्ने विश्वास आफूमा रहेको कार्यक्रममा बताईन् । उनले राम्रा प्रोजेक्टका लागि मात्र आफू तयार रहने हुने भएकाले आफ्नो फिल्मको संख्या कम भएको पनि स्पष्ट पारिन् तर उनले लिड रोल निभाएको यो चौथो फिल्मको बक्स अफिस रिजल्ट के कस्तो हुने हो त्यो भने प्रतिक्षाको बिषय अबश्य बन्ने छ ।