मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रामशरण पाठकले निर्देशक समाजको सदस्य पद त्यागे

फिल्मीखबर, काठमाण्डौ, 2012/10/15

विमल पौडेलको नेतृत्वमा निर्विरोध  सदस्य पद हत्याएका निर्देशक रामशरण पाठकले उक्त पद त्यागेका छन् । सात महिना सम्म नयाँ फिल्म निर्माणको लागि ब्यस्त हुने कारण जनाउदै उनले निर्देशक समाजको सदस्य पदमा नरहने गरी राजिनामा पत्र बुझाएका हुन् । 'वल्र्डकप ईन नेपाल' भन्ने फिल्म निर्देशन गरी रिलिजका तयारीमा रहेका उनी समाजको कार्यसमितिबाट मुक्त हुदै म्यानमार पुगी नयाँ फिल्मको स्क्रिप्ट तयार गर्ने बुझिएको छ । 

 
राजिनामा दिएको सम्बन्धमा उनलाई  सोध्न खोज्दा उनी सम्पर्क बाहिर छन् । उता निर्देशक समाजका अध्यक्ष विमल पौडेलले उनको राजिनामालाई दशै पश्चात बस्ने कार्यसमितिको बैठकबाट स्वीकृत गर्ने बताए ।सदस्यहरु निस्कने क्रम जारी छ कतै तपाईको नेतृत्व कमजोर भएको त हैन ? भन्ने प्रश्नमा पौडेलले भने, 'त्यस्तो हैन बरु संस्थालाई टाईम दिन नभ्याएका अन्य केही सदस्यलाई पनि हटाउदै अब सक्रिय सदस्य राख्नेछु र संस्थाको गतिविधिलाई तीब्र रुपमा अघि बढाउने छु ।'
 
यस अघि शोभित बस्नेतले समय नदिएपछि उनलाई सदस्यबाट निस्काषित गरेका पौडेलले रामशरणको स्थानमा एक चर्चित निर्देशकलाई ल्याउने एकल कसरत गरिरहेका छन् ।