मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

राजनिती र सेक्सको फ्युजन `रक्षा`

फिल्मीखबर, काठमाण्डौ, 2012/10/15

सेक्सको बिषयमा बिन्दास फिल्म निर्देशन गरेका राजु गिरीले पुन: सेक्सकै बिषयमा अर्को फिल्म निर्देशन गर्ने भएका छन् । करिब एक बर्ष अगाडी नै निर्माण गर्ने भनिएको फिल्म 'रक्षा' लाई राजुले कार्तिक १३ गतेबाट फ्लोरमा लैजाने बताए ।

 

राजनिती र सेक्सको फ्युजन गरेर कथा तयार पारिएको बताउँदै निर्देशक राजुले हाम्रै समाज वरपर घटिरहेको घटनालाई फिल्म मार्फत प्रस्तुत गर्ने बताए । फिल्ममा राजेश हमाल, पवन बस्नेत, सारिका घिमिरे, शुसान्त कार्की, अशोक फुयाल, एलिजा रिजाल तथा नवप्रस्तुतीको रूपमा जानुका बोहोराले अभिनय गर्नेछन् ।

 

राजेश हमाललाई एक बर्ष अगाडी नै एक्ग्रिमेन्ट एग्रिमेन्ट गरेको तर डेट नमिलेकाले सार्दा सार्दा यो मितीमा आईपुगेको राजु बताउँछन् । राजेश हाल अमेरिकामा रहे पनि उनलाई सुटिङमा तिहार पछि मात्र समावेश गराउने उनको भनाई छ । पवन बस्नेतले निर्माण गर्ने यो फिल्ममा अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा शिव विकको करियोग्राफी रहने बताईएको छ ।

 

यस्तै राजुले निर्देशन गरेको फिल्म 'चन्द्रावती' पनि रिलिजको तयारीमा छ । सम्भवत मंसिर महिनाको दोस्रो साता तिर फिल्म रिलिज हुनसक्ने निर्देशकको भनाई छ । गोसाइकुण्ड फिल्मस्को ब्यानरमा संजय बुलुनले निर्माण गरेको फिल्ममा राजेश हमाल, आयुष रिजाल, युना उप्रेती, शशि खड्का लगायतले अभिनय गरेका छन् ।