मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्न्तराष्ट्रिय नेपाली कलाकार समाजद्धारा फिल्मकर्मी सम्मानित

फिल्मीखबर, काठमाण्डौ, 2012/10/15

गैरआवसीय नेपाली संघ (एनआरएन) अर्न्तगतको अर्न्तराष्ट्रिय नेपाली कलाकार समाजले चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरु सहित केही फिल्मकर्मीहरुलाई सम्मान गरेको छ ।

 

एनआरएन अध्यक्ष  जिवा लामिछानेले नेपालको पहिलो हिरोईन भुवन चन्द सहित बरिष्ठ कलाकार एवं निर्देशक नीर शाह, यादव खरेल तथा बरिष्ठ फिल्म जर्नलिष्ट त्रय भारत  शाक्य, प्रकाश सुवेदी र नरेश भट्टराई सहित कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरुलाई ताम्रपत्र एवं दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए । कार्यक्रममा नृत्यगंना नगिना जोशी, लोक गायिका तीर्थ कुमारी थापा तथा संगीतकर्मी हिरण्डय भोजपुरेलाई पनि सम्मान गरिएको थियो ।

 
६३ देशमा फैलिएको एनआरएन संजालमा रहेका हरेक नेपालीहरुद्धारा नेपाली कलाकारहरुलाई ईज्जत एवं सम्मान प्रदान गर्ने योजना अनुरुप  यस किसिमको सम्मान अभियान सुरु गरिएको कार्यक्रममा जनाकारी गराईयो । सो कार्यक्रममा नवनिर्वाचित कलाकार संघका अध्यक्ष नवल खड्काले एनआरएन लागनीमा बनेका हस्पिटलहरुमा कलाकारहरुलाई परिचय पत्रको ब्यस्वस्था गरी स्वास्थ सेवा निशुल्क उपलब्ध गराउन तथा एनआरएन लगानी रहेका अन्य सेवा प्रदायक संघसंस्थामा छुट एवं सहुलियतको ब्यवस्था गरिदिन माग गरे । 
 
जवाफमा एनआरएन अध्यक्ष लामिछानेले एक किसिमको अर्न्तक्रिया कार्यक्रम आयोजना गरी लिखित रुपमा यस किसिमका मागहरु आफुहरु समक्ष राखेको खण्डमा  कार्यन्वयन गर्न  सहज हुनॆ बताए ।  सो कार्यक्रम उक्त संस्थाको केन्द्रीय कार्यकारी सदस्यको रुपमा रहेका निर्देशक सुरज सुब्बा नाल्बोको संयोजकत्वमा तय गरिएको थियो ।