
तिमीलाई हङकङ पुर्यायो आईडी काँडैले
मलाई घाईते बनायो तिम्रै आईडीले
माथी उल्लेखित गीत गाएर निकै चर्चा कमाएकी गायिका सत्यकला राईसंग गुपचुप ढङ्गले बिवाह गरेका नवल खड्काले कलाकार संघको अध्यक्ष पद जिते पश्चात श्रीमती सार्वजनिक गरेका छन् ।
पदभार ग्रहणका लागि कार्यक्रम स्थल नयाँबानेश्वर स्थित ईन्द्रेणी फुडल्याण्डमा उनी आफ्नी गायिका श्रीमती र डेढ बर्षीया छोरी नादियाका साथ उपस्थित हुँदा माहोल अर्कै बनेको थियो । औपचारिक रुपमा उनले कार्यक्रममा आफ्नी श्रीमतीलाई चिनाउन सकेनन् तर अध्यक्ष बन्नका लागि ठूलो हात आफ्नी श्रीमती रहेको भन्दै उनले कार्यक्रम हलको पछिल्लो भागमा बसेकी सत्यकलालाई औल्याउदै भने, 'आज मेरी श्रीमती सत्यकाला खड्का जो पछाडि छिन् उनकै सपोर्टले कलाकार संघ प्रति उत्तरदायी हुन मलाई प्रेरणा मिलेको हो र म विजयी भएको हुँ ।'
पारिवारिक सहमति विना नवलको यो पहिलो बिहे भए पनि सत्यकलाको चाहि दोस्रो बिहे हो । यस अघि गायिका राईको हङकङ लाहुरेसंग बिहे भएको थियो । उनको पहिलो श्रीमान तर्फको एक सन्तान पनि छ । सत्यकलाले हङकङ आईडी बोलको गीत पहिलो श्रीमानको सम्झनामा तयार गरेको भन्ने गरिन्छ । खोटाङ सिमपानीका रैथाने नवलको परिवारको बसाई केही बर्ष यता मोरङ बिराटनगर स्थित टंकीसिनुवारी गाविसमा छ । क्षेत्रीको छोरोले राई समुदायको महिला त्यस माथि एक सन्तानको आमासंग बिहे गरेपछि नवलको परिवारले सो सम्बन्धलाई स्वीकार गरेको केही समय मात्र भएको छ ।
२०६६ साल मंसिर २७ गते उनीहरु बैबाहिक बन्धनमा बाँधिएका थिए । र, बुहारीको रुपमा नवलको परिवारले सत्यकलालाई स्वीकारेपछि उनी दुई पटक मात्र श्रीमानको निवास टंकीसिनुवारी पुगेकी छिन् ।
सत्यकलाको हिट गीत हङकङ आईडीले हेर्नुस-