मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

२८ औं दिनमा `वनफूल` को इण्डक्ल्याप

फिल्मीखबर, काठमाण्डौ, 2012/10/14

सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको फिल्म 'वनफूल' को इण्डक्ल्याप गरिएको छ । धादिङको सल्यानटार गाउँ र काठमाण्डौमा सुटिङ गरिएको सो फिल्मको २८ औं दिनमा काठमाण्डौको किर्तिपुरमा इण्डक्ल्याप गरिएको हो ।

 

जीवनसाथी फिल्म्स र शैली थिएटरको संयुक्त व्यानरमा निर्माण गरिएको सो फिल्मलाई नवराज बुढथोकीले निर्देशन गरेका हुन् । सुविधा सम्पन्न शहरमा बस्ने एक मानिस किन दुःखी हुन्छ र शारिरीक श्रममा व्यस्त हुने ग्रामिण भेगका मानिसले किन सुखको महसुस गर्छन् भन्ने भिन्नतलाई देखाउन खोजिएको यो फिल्ममा सुनिल पोखरेल, महेश श्रेष्ठ, माजु देवकोटा, मदन बराल, समन्त आचार्य, अशोक शिवाकोटी, वासुदेव खनाल, माजु गिरी, केदार श्रेष्ठ, विभु पौडेल, सुशिला रिमाल, विकास घले गुरुङ लगायतले अभिनय गरेका छन् ।
 

 

मदन बराल र बीबी बस्नेत निर्माता रहेको वनफूलमा निर्देशक बुढथोकीको पटकथा तथा संवाद, देवेन्द्र राईको संगीत, राजिव मानन्धरको छायाँकन, महेश पौड्यालको कथा र गीत तथा राजेशपायल राई र सन्तोष लामाको स्वर रहेको छ । यसअघि अन्तराल निर्माण गरेको जीवनासाथी फिल्मसले यि दुबै फिल्मलाई यो बर्षको अन्त्य सम्ममा रिलिज गर्ने भएको छ । अन्तरालको अहिले पोस्ट-प्रोडक्सनको काम भईरहेको छ ।