मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म निर्माण संगै समाजसेवा पनि

अर्पण ढकाल, धरान, 2012/10/14

नेपाली फिल्म उद्योगमा त्यस्ता धेरै निर्माता छन् जो फिल्म निर्माण लाई बिजनेसको पाटोको रुपमा लिएर अगाडी बढिरहेका छन् । तर यहि उद्योगमा केहि त्यस्ता निर्माता समेत छन् जसले फिल्म निर्माणलाई बिजनेस संगै समाजसेवाको रुपमा समेत लिएका छन् । यो भिडमा पछिल्लो समय एक अर्का निर्माताको प्रवेश भएका छ जो फिल्म निर्माण आफ्नो समाजसेवाको पाटो अन्तर्गत पर्ने बताउँछन् ।

 

मङ्सिरबाट प्रदर्शनमा आउने क्रममा रहेको फिल्म तिमीले दिएको मायाका निर्माता सुबोध शर्मा फिल्मलाई कहिले पनि बिजनेस पोइन्टबाट नलिएको बताउँछन् । यूएनको माथिल्लो तहका जागिरे समेत रहेका सुबोध फिल्मको प्रचार प्रसारका क्रममा पुर्व आएका बेला स्थानीय संचारमाध्यम सामु यस्तो विचार राखेका हुन् । आफ्नै प्रोडक्सन हाउस समेत स्थापना गरेका यिनले आफ्नो श्रीमती सुनिता शर्मालाई निर्माताको रुपमा अगाडी सारेका छन् । यसअघि फिल्मको च्यारिटी सोबाट उठेको रकम विभिन्न क्षेत्रमा सहयोग गरेको बताउदै पुर्वमा पनि दसैं पछि बिर्तामोडमा फिल्मको च्यारिटी हुने उनले जानकारी गराए ।


च्यारिटी सोबाट दर्शकको सकारात्मक प्रतिक्रिया पाएको हुनाले फिल्म रिलिज पश्चात पनि दर्शकले फिल्मलाई रुचाउने दाबी उनको थियो । निरन्तर फिल्म निर्माणमा समर्पित हुने बताउदै तिमीले दिएको मायाको प्रदर्शन पश्चात संजय पाण्डेलाई निर्देशकको रुपमा लिएर अर्को फिल्मको पनि शुटिंग थाल्ने उनको कथन थियो । राज तिमल्सिना, निता ढुंगाना, सुबास मेचे लगायतका कलाकारले अभिनय गरेको फिल्मलाई विजय केरुंगले निर्देशन गरेका हुन् । फिल्मको प्यारो प्यारो हुन्छ नि भन्ने बोलको गीत यतिबेला चर्चामा छ ।