मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सपथ ग्रहण र नेतृत्व हस्तान्तरण आईतबार साँझ

फिल्मीखबर, काठमाण्डौ, 2012/10/13

शनिबार सम्पन्न चलचित्र कलाकार संघको निर्वाचनबाट आएको नयाँ कार्यसमितिलाई भोली आईतबार साँझ नेतृत्व हस्तान्तरण गरिने भएको छ ।


निर्वाचन प्रक्रिया लामो भएपछि निर्वाचन मण्डलीले भोली हुने बधाई एवं शुभकामना आदान प्रदान कार्यक्रममा सपथ ग्रहण सहित नेतृत्व हस्तान्तरण प्रक्रिया सम्पन्न गर्न लागेको जानकारी दिएको छ । दिईएको जनाकारी अनुसार साँझ ४ बजे देखि नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा कार्यभार हस्तान्तरण सहित भब्य रात्री भोजको कार्यक्रम तय गरिएको छ  । 


नेतृत्व हस्तान्तरण कार्यक्रममा अध्यक्ष रमेश बुढाथोकी सहित यो कार्यकालमा रहेका सदस्यहरुलाई विदाई पनि गरिने छ । शनिबार सम्पन्न निर्वाचनमा ७३ प्रतिशत मत खस्यो ।  संघमा दर्ता भएका कुल सदस्य संख्या ३ सय ८३ मध्ये २ सय ७१ मत खसेको थियो भने बाँकी १ सय १२ सदस्य मतदानमा सहभागी भएनन् । यस्तै खसेको १ सय ७१ मध्येबाट करिब १५ मत बदर भएको थियो ।


 निर्वाचन मण्डलीका एक सदस्य सुमन दाहालले धेरै मत पत्र बदर हुन्छ भन्ने अधिकाशको शंका गलत भएको प्रति भने खुशी ब्यक्त गरेका छन् ।