
पूर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले कलाकारलाई राज्यको पाँचौ अङ्गको संज्ञा दिएका छन् । बिहान भएको चलचित्र कलाकार संघको ११औँ साधारणसभालाई उद्घटन गर्ने क्रममा नेता देउवाले चौथो अंगको रुपमा संचारमाध्यम पश्चातको अंग कलाकार भएको भन्दै कलाकारहरुको हौसला बढाएका हुन् । नयाँ नेतृत्वका लागि हुन गईरहेको संघको निर्वाचन पूर्व नेता देउवाले साधारण सभामाको उदघाटन सत्रमा कलाकार गहना मात्र नभई अङ्गको रुपमा स्वत बताउदै आफू अपहेलित भएको नसम्झन आग्रह गरेका थिए ।
देउवालेले भने, 'हामी भन्दा बढ्दा तपाईहरुलाई सम्मान छ किनकी हामी पुगेको ठाँउ भन्दा तपाईहरु पुगेको ठाँउमा धेरै मानिसहरुको भिड त्यसैले कहिले काही लाग्छ हाम्रो कार्यक्रममा पनि तपाईहरु सधैं हुनुहोस् ।' फिल्म उद्योगको प्रमुख संस्थाहरु चलचित्र संघका तर्फबाट महासचिब प्रदीप उदय, द्धन्द संघबाट अध्यक्ष योगेन्द्र श्रेष्ठ, निर्देशक समाजको तर्फबाट विमल पौडेल तथा निर्माता संघको तर्फबाट राजकुमार राई सहित केही बिशिष्ट ब्यक्तिहरुले साधारणसभा उद्घाटनको क्रममा आज बेलुकी हुने निर्वाचनको शुभकामना दिएका थिए ।
साधारणसभा लगत्तै संघको बन्द सत्र सुर हुदै महासचिव नवल खड्काले आफ्नो प्रतिबेदन पेश गरेका छन् । १५ पदका लागि ३२ जनाको प्रतिस्पर्दा रहेको आजको निर्वाचन अपरान्हबाट सुरु हुदैछ । अध्यक्षका लागि नबल खड्का र सबिन बास्तोलाको उम्मेदवारी छ ।
