
नेपालमा रिलिज भईसकेको फिल्म 'फेसबुक' लाई भोली शनिबार अष्ट्रेलियामा रिलिज गरिंदै छ । अष्ट्रेलियाको फिल्म वितरक कम्पनी 'वि टु इन्टरटेन्मेन्ट ग्रुप' को प्रस्तुतीमा सिड्नी शहरमा फेसबुकलाई लग इन गर्न लागिएको हो ।
फिल्मलाई सिड्नीमा अक्टोवर १३, १४ र १५ तारिख रिलिज गरिनेछ । सिड्नीको समय अनुसार फिल्मलाई सिभिक थिएटरमा बेलुका ७ रिलिज गरिने जानकारी दिईएको छ । फिल्म रिलिजका लागि निर्माता सुनिल कुमार थापा र नायिका झरना थापा अहिले अष्ट्रेलियामा नै छन् । उनीहरूको साथमा नायक स्वतन्त्र प्रताप शाह पनि फिल्मको यो बिशेष शोमा सहभागी भएर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिनेछन् ।
सुरज सुब्बाले निर्देशन गरेको थ्रीलर श्रेणीको सो फिल्म हेर्नका लागि भनेर दर्शकहरूले अग्रिम टिकट बुकिङ गरिरहेका छन् । आयोजका अनुसार टिकट अग्रिम बुकिङमा नै करिब सकिन लागेको छ । फिल्ममा राजेश हमाल, झरना थापा, स्वतन्त्र प्रताप शाह, सुवास थापा, विल्सन विक्रम राई, अनुराग मान सिंह कुवँर, सुमन गैरे, मार्टिन खान लगायतले अभिनय गरेका छन् ।