
सञ्चारमाध्यमा खासै जानकारी नदिई सुटिङ भएको फिल्म 'सरी ल' को शुक्रबार इण्डक्ल्याप गरिएको छ । काठमाण्डौ वरपर नै सुटिङ गरिएको यो फिल्म ३४ दिनमा आएर इण्डक्ल्याप गरिएको हो ।
अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गरेको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा सुवास थापा, राजन खतिवडा, अञ्जु केसी, मार्टिन खानको साथमा नवप्रस्तुतीको रूपमा अनिता आचार्यको मुख्य भुमिका रहेको छ । फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् भने संगीत बसन्त सापकोटा र शैलेश श्रेष्ठको रहेको छ । यस्तै छायाँकन रामशरण उप्रेती, द्धन्दनिर्देशन रोशन श्रेष्ठ तथा नृत्यनिर्देशन बब्बु थापाको रहेको छ ।
फिल्मको सुटिङ सकेको उपलक्ष्यमा केहि सञ्चारकर्मी र निर्माण युनिटसँगको भेटघाटको कार्यक्रममा निर्देशक लामिछानेले निकै सहज र राम्रो वातावरणमा सुटिङ सकिएको बताए । प्राबिधिक देखि कलाकार सबैको ट्युनिङ मिलेकाले सुटिङ सजिलै सकिएको उनको भनाई थियो । उनले बिगतका फिल्ममा भन्दा यो फिल्ममा केहि नयाँपन दिन खोजेको पनि बताए । भोलीबाट नयाँ फिल्म 'साथ' को प्रि-प्रोडक्सनसँगै यो फिल्मको पोस्ट-प्रोडक्सनमा व्यस्त रहने यि निर्देशकको भनाई छ ।