मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघको निर्वाचन : नैतिकताको हिसावमा यो गलत !

अनुप भट्टराई, काठमाण्डौ, 2012/10/12

शनिबार हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान दश बजे देखि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने संघको विशेष साधारण सभा लगत्तै नयाँ नेतृत्वका लागि चुनाव हुनेछ ।


निर्वाचनमा १५ पदका लागि ३२ सदस्यको भिडन्त हुने छ । कोषाध्यक्ष र सह-कोषाध्यक्षमा आकाश खवास र निशा अधिकारी निर्विरोध चयन भईसकेका छन् । निर्वाचनका लागि ३ सय ८१ मत पत्र  तयार पारिएको छ । अध्यक्षमा जित्न एक उम्मेदवारले १ सय ९१ न्यूनतम मत ल्याउन जरुरी छ । अध्यक्षका लागि नवल खड्का र सविन बाँस्तोलको उम्मेदवारी  छ ।

 

हाल सम्म संघको भएको जति पनि निर्वाचन थिए ती निर्वाचन श्रृङखला भन्दा यो पटक तिब्र राजनीति भएको छ जसकारण कसले जित्न सक्छ भन्ने पूर्वानुमानहरु दावीका साथ कसैले भन्न सकेका छैनन्  । यस्तै निर्वाचन मिती नजिकिएपछि उम्मेदवार प्रस्तावक र समर्थको बिषयले संघमा विवाद उत्पन्न भएको छ । कलाकार संघका अध्यक्ष रमेश बुढाथोकी र पूर्व अध्यक्ष कृष्ण मल्लले नैतिकता बिर्सिएर अध्यक्षका लागि नवल खड्कालाई समर्थन किन जनाए भन्ने प्रश्न सवै तिर छ ।

 

विवादमा पर्न नचाहँदै एक फिल्मकर्मीले भने, 'अध्यक्ष सवै सदस्यका लागि बराबार हो त्यसैले नवलको उम्मेदवारीमा समर्थन र प्रस्ताव गर्नु नैतिकताको हिसावले आपत्तिजनक छ ।' त्यति मात्र हैन सवै भन्दा ठूलो बहस सदस्य पदमा उठेकाहरुको बिषयले बनाएको छ । किनकी सदस्यमा उठेका अधिकांश उम्मेदवारहरुले पनि अर्का उम्मेदवारको प्रस्तावक र समर्थक भएर देखा पर्दा यो बिषय सहि हो या गलत भन्ने बिषयले बहस सृजना गरेको हो ।

 

 

 
यस्तो छ उम्मेदवारी नामावली लिष्ट (प्रस्तावक र समर्थक सहित )
 
अध्यक्ष प्रस्तावक समर्थक

१) नवल खड्का (नवराज)
रमेश बुढाथोकी कृष्ण मल्ल 

२) गिरिधरी बास्तोला (सबिन)
बिनोद कुमार श्रेष्ठ चेतबहादुर सिहं

 

 

 

उपाध्यक्ष प्रस्तावक समर्थक
१) लक्ष्मी  गिरी  डम्बर बहादुर बुढाथोकी  नवल खड्का
२ ) राजाराम पौडेल  आर.पी .पन्त  मनोज श्रेष्ठ
३) चेतबहादुर सिहं (राजा)  सपना श्रेष्ठ  विनोद कुमार श्रेष्ठ 
४ ) जय श्रेष्ठ 
रामकेशर बोगटी रबिन्द्र खड्का 
५)  जगननाथ भुषाल 
राजकुमार थापा  जयराम के.सी.

 

 

 

महासचिव प्रस्तावक समर्थक
१)  डा. घनश्याम खतिवडा 
 
सुस्मिता कार्की आर.पी. पन्त
२ ) रामकेशर बोगटी   रबिन्द्र  खड्का सुमिना घिमिरे

 

सचिव प्रस्तावक समर्थक
१) उत्तम के.सी.
 
मनोज के.सी. लय संग्रौला 
२) राजकुमार साह मिन बहादुर तामाङ सपना श्रेष्ठ

 

 

 

कोषाध्यक्ष  प्रस्तावक  समर्थक
१ ) आकाश बाबु खवास  राजाराम पौड्याल  उत्तम के.सी.
२)  शुभेच्छा थापा  मान  बहादुर कुवँर  राजाराज पौड्याल

 

 

सह-कोषाध्यक्ष  प्रस्तावक समर्थक
१ ) निशा अधिकारी  लय संग्रौला  हिम ग्याप लामा (टाँसी)

 

 

सदस्यहरु प्रस्तावक समर्थक
१) सौरभ कार्की (प्रेम) नवल खड्का रमेश बुढाथोकी
२ ) मनोज श्रेष्ठ  सानु कुमार ताम्राकार  डम्बर बहादुर बुढाथोकी
३)  शारदा गिरी  केशव घिमिरे  सानु ताम्राकार
४ ) सुस्मिता कार्की  उत्तम के.सी. मान  ब. कुवँर
५ मिना घिमिरे (सुमिना)   महेन्द्र  बुढाथोकी  मनोज के.सी.
६ केशव घिमिरे  बिद्या कार्की सरदा गिरि  सारदा गिरि
७ ) बसन्त  ब. खत्री  डा. घनश्याम  खतिवडा  लक्ष्मी रोकाया( विजिना)
८) शंकर बि.सी.  चेतबहादुर सिहं  डा. घनश्याम खतिवडा
९ ) राजेन्द्र  के.सी. लक्ष्मी रोकाया( विजिना)  सौरभ कार्की
१० ) प्रदीप कुमार के.सी.  पुरन जोशी  विजय देउजा
११ ) सरोज के.सी  सौरभ कार्की  आकाश बाबु खवास
१२) श्रीराम पुडासैनी   हिमग्याप लामा (टासी)  सरोज के.सी.
१३ ) जीवन  थापा  सरोज के.सी.  राजेन्द्र  के.सी. 
१४ ) पुजना स्त्री (गुरुङ ) आकाश बाबु खवास  लक्ष्मी  गिरी
१५ ) प्रदीप सिह  जय श्रेष्ठ  पुजना स्त्री
१६ ) विजय देउजा  राजकुमार साह  श्याम के.सी
१७ ) सुशिल पाखरेल  विजय देउजा  प्रकाश धिताल
१८ ) प्रकाश धिताल  सुशिल पोखरेल  उपेन्द्र  लामिछाने
१९ ) उपेन्द्र  लामिछाने  प्रकाश धिताल  सुशिल पोखरेल
२० ) आयुष रिजाल (गोपाल ) पुजना स्त्री  बसन्त शर्मा अधिकारी