मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हार्ड डिक्स नपुग्दा चलेन `माई ब्रदर`

अर्पण ढकाल, धरान, 2012/10/12

आजबाट उपत्यका बाहिरका हल मार्फत रिलिज भएको फिल्म माई ब्रदर पुर्वका हलमा भने भोलि शनिबारबाट मात्रै प्रदर्शनमा आउने भएको छ । फिल्मको हार्ड डिस्क काठमाडौँबाट पुर्व आउन ढिलाई भएकोले फिल्म आज पुर्वका हलमा रिलिज हुन सकेन ।


बिष्णु भट्टराईले निर्देशन गरेको फिल्म पुर्वको कृष्ण टाकिज, दमकको निलकण्ठ चित्र मन्दिर, उर्लाबारीको भिलेज सिनेमा, विराटचोकको सुकुना चित्र मन्दिर लगायतका हल मार्फत रिलिजमा आउने छ । त्यस्तै फिल्म रिलिज भएको अन्य स्टेसनबाट भने ओपनिंग सोबाट दर्शकको सकारात्मक प्रतिक्रिया पाएको निर्देशक भट्टराईले जानकारी गराए । फिल्म हेर्ने दर्शकले हलबाट निस्कदा फिल्म मन परेको बताएकोले भोलिबाट झन् पिकअप लिनेमा आफु ढुक्क रहेको भट्टराईको कथन छ ।


फिल्ममा दिपक पाण्डे 'लक्की', सुमिना घिमिरे, रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापाको साथमा बालकलाकार अनिष कंडेल लगायतका कलाकारले अभिनय गरेका छन् । पारिवारिक कथाबस्तुमा निर्माण भएको फिल्ममा दाजुभाईको सम्बन्धलाई बेग्लै कोणबाट प्रस्तुत गरेको बताइएको छ ।