
राजबल्लभ कोईरालालाई निकै चित्त दुखे जस्तो छ त्यसैले उनले कहिल्लै नलेख्ने गरेको स्टाईलमा यो पटक फेसबुक स्टाटस लेखेका छन् । कसैमाथिको रिस फेर्ने गरी स्टाटस लेखे पनि उनले आफ्नो संस्कृतिमाथि भन्ने धज्जी उडाए जस्तो देखिन्छ ।
आईडियल पस्रनको रुपमा स्थापित हुँदै गरेका बल्लभले शुक्रबार बिहानै 'कुकुरलाई पराल गाईलाई मासु' भनेर स्टाटस लेखेका छन् । नेपालको कानुनले समेत आमा बराबरको दर्जा दिएको राष्ट्रिय जनावर गाईको बिषयमा अपहेलना गर्न नपाईने ब्यवस्था गरेको छ तर सवैका आईडियल पस्रन बल्ल्भले किन यस्तो स्टाटस लेखे यो गम्भीर प्रश्न हो ।
सवै धर्मलाई समान रुपमा हेर्दै मातृ धर्मको रुपमा हिन्दू धर्म मान्ने उनीमा अमेरिका पुगे पश्चात आफ्नो देशको राष्ट्रिय जनावरको हेराईमा परिवर्तन आएको हो वा अरु नै कारण त्यो भने बुझ्न सकिएको छैन । यध्यपी स्टाटसमा कमेन्ट आउने क्रममा उनले नेपाली उखान रहेछ मैले आजै मात्र सुनेको भनेर लेखेका छन् । तर, जेन्टल हिरोले सुनेको भन्दैमा धार्मिक आस्थामा आउने गरी यसरी रफ वर्ड लेख्नु आपत्तिजनक हुने त हैन ?