मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

इजरायलमा थ्री लभर्स प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2012/10/12

हिन्दुहरुको महान पर्व तिहारको अवसर पारेर इजारयलमा फिल्म 'थ्री लभर्स' को प्रिमियर गरिने भएको छ । गैर आवासीय संघ राष्ट्रिय परिषद इजरायलले एनआरएन डे, बिबिध सांस्कृतिक कार्यक्रमको साथमा थ्री लभर्सको प्रिमियर नोभेम्बर १६ तारिखका दिन गर्न लागेको हो ।

 

१० बर्षे जनयुद्धमा परि बिभिन्न कारणबाट पिडीत र असहाय बन्न पुगेको सिन्धुली र रोल्पाका बालबालिकाको सहयोगार्थ फिल्मको प्रिमियर सहित सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । तिहारको शुभकामना आदान प्रदान सहित प्रदर्शन गर्न लागिएको थ्री लभर्सको प्रिमियरका लागि सहयोग स्वरुप प्रवेश शुल्क ५० सेकल राखिएको छ ।

 

सुरेश दर्पण पोखरेलले निर्देशन गरेको सस्पेन्स लभस्टोरी फिल्म थ्री लभर्समा प्रियंका कार्की, निरज बराल, देबु श्रेष्ठ, पूजा शर्मा, सुमन गैरे र धिरेन्द्र राज थापाको मुख्य अभिनय रहेको छ । थ्री ब्रदर्श क्रियशन बेल्जियमको पहिलो प्रस्तुती रहेको सो फिल्मलाई सागर पोखरेल, स्टोरी पोखरेल र प्रिन्स श्रेष्ठले निर्माण गरेका हुन् ।

 

बाबु बोगटी र राजन इशानको संगीत, पुरूशोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा हिमाल केसीको द्धन्द निर्देशन रहेको छ भने करियोग्राफी कविराज गहतराज, शंकर बिसी र पूनम राईको रहेको छ । फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् ।