
पछिल्लो तिन महिनाको डाटालाई हेर्ने हो भने हरेक हप्ता तीन वटा फिल्म रिलिज भएका छन् तर भोली शुक्रबारको लागि भने म छु नि तिम्रोलाई राजधानीमा सोलो रिलिज अवसर दिईएको छ ।
सोफिया सिने आर्टसको यो फिल्ममा रोज राणा, आयुष रिजाल र सौजन्य सुब्बाको त्रिकोणीय कथालाई हेर्न सकिन्छ । गत बर्ष मोफसलमा रिलिज भएको यो फिल्म राजाधानीका झण्डै २० वटा हलहरुमा रिलिज हुने छ । प्रोम्रो हेर्दा यो फिल्मको कथा रोज राणाको ब्यक्तिगत जिवनसंग धेरै मिल्न सक्ने अनुमान काट्न सकिन्छ ।
फिल्म प्रदर्शन संयूक्त कार्यदलले रेगुलर मेकरहरुको फिल्महरुलाई सहज प्रदर्शन गर्ने बाताबरण उपलब्ध गराउने नियम अनुरुप रोज राणाको यो फिल्मले एकल प्रदर्शन पाएको हो । मदन घिमिरे निर्देशनमा बनेको यो फिल्म फर्मुलामा आधारित छ तर सो फर्मुलामा कतै बोर फिल नहुने रोजको दावी छ । रोजको हिरोईन सौजन्य उडिसा नगरीको फिल्ममा ब्यस्त रहेकाले अहिले एक्लै उनी पब्लीसिटीमा दौडिरहेका छन् । फिल्ममा चेतन सापकोटा र बसन्त सापकोटाको संगीत छ ।
यस्तै भोली शुक्रबार माई ब्रदर र साईना मोफसलका २०-२० वटा हलमा प्रदर्शन हुदैछन् । बिष्णु भट्टराईको निर्देशनमा बनेको माई ब्रदर फिल्ममा सुमिना घिमिरे, लक्की दीपक सहित रमेश बुढाथोकी प्रमुख भूमिकामा छन् । यस्तै साईना हरहर फिल्म हो जसलाई समिर मियाँले निर्देशन गरेका हुन् । यो फिल्म विना पब्लीसिटी बजारमा आएको हो ।