नेपाल रहदा कहि कतै डिनर,लन्च र ब्रेकफाष्टका लागि न नस्किने महानायक राजेश हमालले अमेरिका पुग्नासाथ करिश्मा मानन्धर लाई भेट्दै उनको साथमा ब्रेकफष्ट गरेका छन् ।
अमेरिका पुग्ना साथको करिश्मासंग ब्रेकफाष्ट गरेको फोटो फिल्मीखबरले प्राप्त गरेको छ जहाँ अभिनेता सरोज खनाल सहित उनका केही साथीहरु पनि छन् । एक महिनाको लागि गत मंगलबार अमेरिका तर्फ उडेका महानायक यो पटक विभिन्न सास्कृतिक कार्यक्रममा सहभागी हुदैछन् जहाँ करिश्माको पनि उपस्थिती हुने बताईएको छ ।

छोरीको कलेज डकुमेन्ट मिलाउन करिश्मा गत भदौ २९मा अमेरिका उडेकी थिईन् । उनी डिसेम्बरमा मात्र नेपाल फर्किनेछिन् । हिट जोडी करिश्मा र राजेशको केमेष्ट्री अहिले पनि उत्तिकै रुचाईने गरिएको छ । बलिउडमा अमिताभ बच्चन र हेमा मालिनीको जोडै झै उनीहरुलाई कलिउडको फर्केक्ट जोडी भन्ने गरिन्छ ।