
मायाज बारको आईटम गीतको सफलतासंगै आस्था राउतको डिमान्ड बढ्न थालेको छ । ठूला प्रोजेक्टमा मात्र काम गर्न ईच्छा देखाउने आस्थाले पिताम्बर पाण्डेको निर्देशन रहेको फिल्म ढुवानीका लागि एक आईटम गीत गाएकी छिन् ।
हाल ग्लोसी पिक्चस्रमा पोष्ट-प्रोडक्सनमा रहेको उक्त फिल्मको आईटम गीत खिच्न बाँकी छ जसका लागि कविता फिल्मसको दौडधुप फेरी बढेको छ । आईटम गीतका लागि ढुवानी युनिट पुनः आफ्नो टिमका साथ फेरी फ्लोरमा जादैछ । निर्माता मन्जिल श्रेष्ठका अनुसार आउदो शनिबार चितवनमा यो फिल्मको भब्य शैलीमा आईटम गीत खिचिने छ । भुपेन्द्र खड्काको शब्द अनि हरि लम्सालको संगीतमा आस्थाले गाएको यो गीतमा मोड्ल रिया श्रेष्ठ फिचर हुनेछिन् । यो गीतका लागि १ सय कोरस तय गरिएको निर्माता श्रेष्ठले जानकारी दिए । 'फिल्म सोचे भन्दा राम्रो भएको छ त्यसैलॆ गीतका लागि कुनै कम्रमाईज गर्दिन', उनले भने ।
फिल्ममा समावेश हुने एक मात्र यो गीतका लागि यस अघि तयार गरिसकेको एउटा गीत सहित कम्पोज गरिएका थप तीन गीत रिजेक्ट गर्दै फाईनल गरेको मन्जिलको भनाई छ । उनको भनाई अनुसार सम्भवत एक गीतको तयारीको लागि करिब दश लाख खर्च हुने अवस्था छ । गीतलाई कोरियोग्राफी गर्ने जिम्मामा पुर्नम राईले लिएका छन् ।