मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मेरो मनको साथी गीत

फिल्मीखबर, काठमाण्डौ, 2012/10/10

प्रदर्शनको क्रममा रहेको फिल्म 'मेरो मनको साथी' को गीत रिलिज गरिएको छ । फिल्मको पब्लिसिटी शुरू भएको जानकारी दिन गीत रिलिज गरिएको निर्माण पक्षको भनाई छ ।

 

प्रदीप श्रेष्ठको निर्देशन रहेको सो फिल्मको सार्वजनिक गीतमा नायक जीवन लुईटेल र यसै फिल्मबाट डेब्यू गरेकी नायिका जस्मिन श्रेष्ठको अनस्क्रिन रोमान्स हेर्न सकिनेछ । न्यु भेनस फिल्म्स् प्रालिको ब्यानरमा राजेश शाहीले निर्माण गरेको फिल्ममा जीवन र जस्मिनको साथमा राजेश हमाल, आयुष रिजाल, सुनिल दत्त पाण्डे लगायतको अभिनय रहेको छ ।

 

प्रेमकथाले बुनिएको फिल्ममा कथा प्रदीप श्रेष्ठ, पटकथा र संवाद मौनता श्रेष्ठ, संगीत महेश खड्का, नृत्य कविराज गहतराज, द्वन्द्व हिमाल केसी, गीत नरेश भट्टराई र दयाराम पाण्डे, छायांकन रामशरण उप्रेती र सम्पादन विपीन मल्लको छ ।