मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिमा र रेमनले अझै हेरेका छैनन् `भिसा गर्ल`

रेम बिक, पोखरा, 2012/10/10

भिसा गर्ल डेब्यू नायक रेमनदास श्रेष्ठ र सोहि फिल्मकै एक पात्र नायिका रिमा विश्वकर्माले हलसम्म पुगेर भिसा गर्ल हेर्न पाएका छैनन् । हलमा पुगेर दर्शकहरुसंगै बसेर फिल्मको बारेमा उनीहरुबाट कमेन्ट कम्प्लिेमेन्ट्स लिने बेलामा रिलिज भएको पाँच दिनसम्म पनि कलाकार फिल्म हलमा नपुग्नु भनेको अचम्म नै हो । उसो त कतिपय कलाकारहरु निर्माण पक्षसंग नराम्रो भएका कारण हलमा फिल्म चल्दा समेत नजाने गरेका केहि उदाहरण नभएका भने होईनन् तर रेमन र रिमा भने अर्कै कारणले हलसम्म पुग्न पाएका छैनन् ।

मोबाईल सेवा प्रदायक एनसेलले देशका विभिन्न ६ वटा शहरमा आयोजना गरेको ‘एनसेल रक्स’ नामक कन्सर्टको उद्घोषणको जिम्मा आफुहरुको पोल्टामा परेपछि अन्तिम समयमा उनीहरुले भिसा गर्लको प्रचारप्रसारमा समय दिन सकेनन् । ‘मलाई भिसा गर्ल हेरेर दर्शकहरुको प्रतिक्रिया लिन आतुर छ', पोखरामा भेटिएकी नायिका रिमा विश्वकर्माले भनिन्– ‘तर, के गर्ने यो प्रोजेक्ट पनि छोड्नै नमिल्ने भएकोले चाहदा चाहदै पनि भिसा गर्ललाई समय दिन सकिएन ।’ भिसा गर्ल डेब्यु नायक रेमनदास श्रेष्ठले पनि आफु दर्शकहरुसंग बसेर भिसा गर्ल हेर्न निकै उत्सुक रहेको बताए ।
 

१५ दिनसम्म चलेको एनसेल रक्स कन्सर्टको बिचमै भिसा गर्ल प्रर्दशनमा आएको थियो । पोखरामा आएर सकिएको एनसेल रक्स कन्सर्ट पछि भने आफु दिल खोलेर भिसा गर्लको प्रचारप्रसारमा जुट्ने नायिका रिमा विश्वकर्माले बताईन् । ‘अबको केहि दिन पुरै मैले भिसा गर्लको लागी छुट्टाउने विचार गरेकी छु’, उनले भनिन् । डेब्यु नायक श्रेष्ठ पनि हलसम्म पुगेर भिसा गर्लको व्यापार र फिल्ममा आफ्नो डेब्युको प्रतिक्रिया लिनमा केहि दिन व्यस्त हुने बताउँछन् ।

निकै तामझाम र प्रचारप्रसार गरि प्रर्दशनमा ल्याईएको फिल्म भिसा गर्ल व्यापारिक घराना चौधरी ग्रुपको लगानीमा बनेको फिल्म हो । विनय श्रेष्ठ, ऋचा शर्मा, कर्मा, रेमनदास श्रेष्ठ र रिमा विश्वकर्मा लगाएतका कलाकारहरुको अभिनय रहेको भिसा गर्ल प्रचण्डमान श्रेष्ठको डेब्यु निर्देशन फिल्म हो । हेरेका जतिले राम्रो भनेर कमेन्ट गरेको फिल्म भिसा गर्ल हेर्नका लागी हलसम्म दर्शकको संख्या निकै कम मात्र पुगेको खबरहरु प्राप्त भएका छन् ।