
कार चढ्ने हिरोहरुको लिष्टमा निरज बराल पनि थपिएका छन् । दुई दिन अघि उनले हुन्डाईको आई ट्वान्टीलाई आफ्नो नयाँ सवारी बनाएका छन् ।
यस अघि बाईकमा दौड्ने उनी आफूलाई कार ड्राईभमा फर्फेक्ट बनाउन मंगलबार दिउँसो भक्तपुर ठिमी सडक खण्डमा भेटिएका थिए । 'बिहे पनि गरियो त्यसैले मेरो लागि भन्दा परिवारको लागि सवारी किन्न बाध्य भएको हुँ', एयरहोस्टेस श्रीमतीका पति निरजले भने ।
यसपटकको दशै मनाउन ज्वाईको अनुभूतिका साथ उनी मोरङ शनिश्चरे स्थित ससुरालीमा नयाँ कार चढेर पनि पुग्ने छन् । हाल स्टार भन्ने फिल्ममा केमियो रोलका लागि ब्यस्त हुन लागेका उनीसंग गाडी कुदाउने लाईसेन्स छैन त्यसैले उनी चाहेर पनि काठमाण्डौका ब्यस्त सडकमा निस्कन सकेका छैनन् ।

'दाईले अहिले हेल्प गरिरहनु भा'छ त्यसैले झापा (भद्रपुर उनको गृहनगर) पुगेर लाईसन्स लिएपछि मात्र काठमाण्डूको रोडमा निस्कने छु', संगै रहेका एक आफन्तलाई देखाउदै उनले भने । मलेसिन प्रोजेक्ट सेफ ल्याण्डिङको सुटिङबाट फ्री भएका उनी तिहार पछि नयाँ प्रोजेक्टमा ब्यस्त हुनेछन् ।
उनले चढ्ने गरेको आई-२० को मार्केट भ्यालु २५ लाख छ । उनी सहित कार चढ्ने नयाँ हिरोहरुमा जिवन लुईटेल, राजबल्ल्भ कोईराला, विनय श्रेष्ठ, मुकेश ढकाल पनि पर्दछन् । आर्यन सिग्देल पनि कार चढ्ने गर्थे तर उनको साथमा विगत ६ महिना यता गाडी छैन ।