मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेन्द्र खड्गीको पूरै परिवार फिल्ममा

फिल्मीखबर, काठमाण्डौ, 2012/10/09

साढे दुई दशकको फिल्मी करिअरमा फाईट मास्टर राजेन्द्र खड्गीले यो बर्षदेखि फिल्म निर्देशकको पनि ट्याग भिर्दै सम्पूर्ण परिवारलाई कलिउड प्रवेश गराउन निश्चित भएको छ ।


राजेन्द्रले होम प्रोडक्सन आर रविना फिल्मस मार्फत 'नथिङ ईम्पोसिवल' टाईटलमा सुटिङ सुरु गर्न लागेका हुन् । पर्सी विहिबार देखि उनी आफ्ना ८ बर्षका नाति आर्यन, जेठो छोरा जर्जी तथा कान्छी छोरी रोमीलाई पनि कलिउड प्रवेश गराउदैछन् । पूर्णरुपमा एक्सन श्रेणीको 'नथिङ ईम्पोसिवल' का हिरो उनका नाति हुने छन् भने अन्य सपोर्टिङ क्यारेक्टर । तीन महिनाको विभिन्न तालिम पश्चात उनले नातिलाई बाल हिरोको रुपमा डेब्यू गराउन लागेका हुन् ।


यो फिल्ममा खड्गीको जेठी छोरी रागिनीले एउटा आईटम डान्स गर्दै सह-निर्देशनमा राजेन्द्रलाई सघाउने छिन् । 'पर्सी देखि फ्लोरमा जाँदैछु त्यसैले यसैको तयारीमा ब्यस्त छु', खड्गीले फिल्मीखबरसंगको कुराकानीमा भने । उनले आफ्नो नातिले अन्डरवाटर फाईट, हर्स राईडिङ, स्केटिङ सहित गन फायर लगायत विविध एक्सन गर्न सक्ने दावी गर्दै फिल्मको हिरो बनाउन लागेको बताए । उनले भने, 'मेरो नातिले सवै स्टण्ड गर्छ अनि छोराले बाईक स्टण्ड र छोरीले राम्रो एक्टिङ त्यसैले सवै परिवार एउटा फिल्ममा देखिदैछौं ।'

 

केही हलिउड प्रोजेक्ट तथा पाकिस्तानी प्रोजेक्टमा समेत गरेको फाईट डाईरेक्सनको सम्पूर्ण ज्ञानलाई नयाँ रुप दिदै यो फिल्मलाई उत्कृष्ट शैलले निर्माण गर्ने अठोट देखाएका छन् राजेन्द्रले । ब्ल्याक गगल्स स्थगित गरेर यो फिल्म किन सुरु गरेको भन्ने फिल्मीखबरको प्रश्नमा खड्गीले 'नथिङ ईम्पोसिवल' पोष्ट-प्रोडक्सनमा छोडेर ब्ल्याक गगल्सको सुटिङ तिहार पश्चात सुरु गर्ने बताए । श्रीमतीलाई प्रोड्यूसरको रुपमा अघि सारेका खड्गीले यो फिल्ममा रविन्द्र खड्का र सपना श्रेष्ठलाई पनि अनुबन्ध गरेको जनाएका छन् । सो फिल्म टुके क्यामेराले खिचिने छ ।