मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आईपुगिन् अरुणिमा (अमेरिका भ्रमण फोटो फिचर सहित )

फिल्मीखबर, काठमाण्डौ, 2012/10/08

पति अमित अर्यालका साथ अमेरिका भ्रमणका लागि निस्किएकी अरुणिमा लम्साल ठीक ३२ दिनका दिन स्वदेश फर्किएकी छिन् । अमेरिका उड्ने समयमा नेपाल फर्किने वा नफर्किने लगायतका विभिन्न किसिमको गसिपमा परेकी उनी सोमबार राती साढे १० बजे नेपाल ल्याण्ड भएकी हुन् । एयरपोर्टमा ल्याण्ड हुनासाथ फिल्मीखबरसंगको कुराकानीमा उनले भनिन्, 'म घुम्ने उद्देश्यले मात्र अमेरिका गएको हुँ तर म उतै बस्ने भन्ने यहाँ कत्रो हल्ला भएछ ।' 

 
उनी १० महिनाका काखे छोरी नेपाल छाडी अमेरिका घुम्न निस्किएकी थिईन् । अमेरिकाका चर्चित टुरिजम एरियामा भ्रमण गरेकी उनले आफ्ना दुई समकक्षी हिरोईन युना उप्रेती र रन्जना शर्मालाई पनि भेटिन् । उनले रमेश उप्रेती तथा अमेरिकामा रहेका अर्का अभिनेता अर्जुन श्रेष्ठ र गायक यम बरालको उपस्थितीमा रन्जनाको बर्थ डेमा पनि रमाईलो गरिन् । सुत्केरी अवस्थाबाट पूर्ण रुपमा फ्रेश भएकी उनी चाडै नै फिल्म अभिनयमा फर्किदैछिन् । 
 
 
अमेरिकामा उनले भ्रमण गर्दाका केही  एक्सक्लुसिभ तस्बिरहरु