मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

काठमाण्डूलाई अनलाईनमा हेर्न सकिने

फिल्मीखबर, काठमाण्डौ, 2012/10/08

नेपाली फिल्म अनलाईनमा राखेर बिक्री गर्ने प्रचलन खासै छैन । केहि व्यक्तिले शुरू गर्ने जमर्को पनि गरे तर स्थायी हुन सकेन । अहिले निर्देशक तथा निर्माता आकाश अधिकारीले यो कदमलाई अगाडी बढाउने कोसिस गरेका छन् ।


आकाशले आफ्नै फिल्म 'काठमाण्डू' बाट अनलाईन बिक्रीको शुरूवात गरेका हुन् । उनले आजका दिनबाट फिल्म काठमाण्डूलाई अनलाईनमा केहि पैसा तिरेर हेर्ने मिल्ने सिस्टम बनाएका छन् । आफ्नै अफिसियल वेभसाईट दस्काईमुभिज डट कममा उनले फिल्मलाई उच्च क्वालिटीमा अपलोड गरेका छन् जसलाई ५.९९ डलर तिरेर हेर्न सकिनेछ । विश्वका बिभिन्न कुनामा रहेका नेपालीहरूलाई लक्षित गरि यो सिस्टम ल्याएको आकाशले फिल्मीखबरलाई बताए ।

 

'बिदेशमा नेपाली फिल्म प्रदर्शन हुने गरे पनि रिलिजको समयमा सबै दर्शकले चाहेर पनि फिल्म हेर्न नपाउने बाध्यता रहेकाले मैले त्यसलाई मनन गर्दै यो अनलाईन सिस्टमको शुरूवात गरेको हुँ', आकाशले भने, 'भोलीका दिनमा यसले राम्रो प्रतिक्रिया पायो भने यो कार्यलाई निरन्तरता दिंदै नयाँ ताजा फिल्महरू यसैगरी अनलाईनमा उपलब्ध गराउँदै जानेछु ।'