मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

Exclusive : श्रोत भन्छ `कलिउड राजबल्लभको कथा`

अनुप भट्टराई, काठमाण्डौ, 2012/10/08

हिरोईनको संघर्षको कथा भनिएको 'कलिउड' फिल्मको स्क्रिप्ट अभिनेता राजबल्लभ कोईराला माथि केन्द्रित गरेर बनाईएको रहस्य बाहिरिएको छ । श्रोत अनुसार नेपालमा हिरोईन माथिको संघर्षको कथामा अन्य फिल्म निर्माण भईरहेको एवं बलिउडमा पनि हिरोईन नै केन्द्रित गरेर धेरै फिल्म बनिसकेकाले कलिउड टिमले नयाँ स्वाद दिन आफ्नो फिल्मको   स्क्रिप्ट पूर्ण रुपमा उल्टाएको हो ।


श्रोत भन्छ- 'रियल लाईफमा राजबल्लभको कलिउड संघर्षको कथालाई फिल्म भित्र धेरै स्थानमा टच गरिएको छ ।' राजबल्लभको रियल लाईफका फिल्मी गसिपलाई रोचक तरिकाले  समावेश पनि गरिएको श्रोत बताउछ । विशेषत राजबल्लभले नयाँ कार चढ्दा मिडियामा छाएको गसिप प्रसङ्गलाई कलिउडमा हाईलाईट गरिएको छ । सोमबार सम्मको दिन सम्म कलिउडको  ८५ प्रतिशत सुटिङ सकिईसकेको छ जहाँ राजबल्लभको भनिएको क्यारेक्टरलाई आर्यन सिग्देलले निभाई रहेका छन् ।

 

तर, निर्देशक नवराज आचार्यले भने राजबल्लभ माथिको बिषय र स्क्रिप्ट परिवर्तनको यो प्रसङ्ग गलत रहेको तर्क दिएका छन् । उता आर्यन सिग्देलले चाहि राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती लगायत फिल्मसंग सम्बन्धित कलाकारहरुको प्याकेज कलिउड भएको भन्दै आफ्नो तर्क सारेका छन् । आर्यनको अपोजिट प्रियंका कार्की लिड रोलमा छिन् ।


हलिउड हिरोको ट्याग पाईसकेका राजबल्लभ अहिले अमेरिकामा छन् । पाँच बर्षे कलिउड संघर्षमा उनी हलिउडका तीन वटा फिल्ममा अनुबन्ध भईसकेका छन् । एउटा फिल्मको सुटिङ सकेर थप दुई फिल्मको प्रि-प्रोडक्सनमा ब्यस्त रहेका बल्लभले आफ्नो स्टोरीको बिषयमा कलिउड टिमसंग आपत्ति जनाउलान् वा नजनाउलान् त्यो पर्खाईको बिषय बनेको छ ।